प्रधानमन्त्री देउवा (फाइल तस्बिर)
काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवा उपस्थित एक सार्वजनिक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी भएको छ। सोमबार राजधानीमा आयोजित भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री देउवा उपस्थित भइरहेकै अवस्थामा 'नागरिकता विधेयक फिर्ता गर, एमसीसीको मतियार देउवा मुर्दावाद' भन्दै नारा लागेको हो।
प्रधानमन्त्री देउवा बोल्नै खोज्दा युवाहरुको एक समूहले हातमा प्लेकार्ड बोक्दै 'नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, संविधानको रक्षा गरौं' भन्दै चर्को नाराबाजी गरेको थियो।
कार्यक्रम बिथोल्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई रोकेको थियो। नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएसँगै अहिले सामाजिक सञ्जालदेखि सडक सम्ममा विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।