काठमाडौं– गत वर्ष नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को प्रदर्शन मितिको घोषणा भएको छ। फिल्मको निर्माण कम्पनी राजश्रीका अनुसार फिल्म आगामी कात्तिक २५ गते प्रदर्शन हुने भएको छ।
सुरज बर्जात्यको निर्देशनमा बनेको यो फिल्म नेपालका हिमाली भूभागमा पनि छायांकन भएको थियो। मित्रताको कथा बोकेको यो फिल्मको छायांकनका लागि परिणिती चोपडा, अनुपम खेर, बोमन इरानीसहितको निर्माण पक्ष नेपाल आएको थियो।
उल्लेखित कलाकारबाहेक फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङपालगायतका कलाकारको भूमिका छ। फिल्ममा नेपाली भूभाग मात्रै नभएर कथावस्तुमा पनि नेपाल समेटिएको निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।