काठमाडौं– राष्ट्रिय सभा सदस्य (सांसद) खिललाल देवकोटाले नागरिकता विधेयकमा वाबु पत्ता नलागेमा आफ्ना सन्तानलाई नागरिता दिलाउन स्वघोषणा गर्नुपर्ने प्रावधानले महिलाहरुको अपमान गर्ने दाबी गरेका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा नागरिकता ऐन (प्रथम संशोधन) विधेयकमाथिको छलफलमा भाग लिँदै देवकोटाले स्वघोषणा गर्नुपर्ने भन्ने व्यवस्थालाई सच्याइनुपर्ने बताए।
सांसद देवकोटाले आमाको नामबाट वंशजको नागरिकता पाउने व्यवस्थाको दुरुपयोग हुनसक्ने पनि बताए।
‘आमाको नामबाट पनि वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ। यो पक्ष पनि सकारात्मक छ,’ उनले भने, ‘यहाँनिर के समस्या हुनसक्छ भन्ने मेरो अनुमान छ, जस्तो लोभ, लालच देखाएर वा धम्क्याएर, नक्कली आमा खडा गरिन्छ कि भन्ने चिन्ता पनि हामीले जायर गर्नुपर्छ।’
त्यस्तै, आमाको नामबाट नागरिकता दिन आमाले स्वघोषणा गर्नुपर्ने कुराले महिलाको निष्ठा, आदर्श र पवित्रतामाथि नै अपमान भएको देवकोटाले टिप्पणी गरे।
राष्ट्रिय सभा सदस्य देवकोटाले वैवाहिक अंगिकृतको सम्बन्धमा एउटा हातले सिन्दुर लगाउने र अर्को हातले नागरिकता दिने प्रावधान आएको टिप्पणी गरे। वैवाहिक अङ्गीकृतका लागि ७ वर्षे प्रावधान राखिनुपर्ने पक्षमा आफू रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।