काठमाडौं- सिप्रदी ट्रेडिङ्ग प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।
लोकोन्याभले गाडीहरूलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ।
गाडीको ट्रयाकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्स जस्ता प्रयोजनका लागि लोकोन्याभ अन्यन्त उपयुक्त रहेको कम्पनीको भनाइ छ।
'सिप्रदी ट्रेडिङ्ग प्रालिले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको वृहत हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको छ।
यसै परिप्रेक्ष्यमा कम्पनीले लोकोन्याभ नेपाली बजारमा ल्याएको छ जसले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ,' सिप्रदी ट्रेडिङ्ग प्रालिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ भन्छन्।
'यस लोकोन्याभ प्लेटफर्म मार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको छ।'
विश्वका ५० भन्दा बढी मुलुकहरूमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ। यस प्लेटफर्मले गाडी धनी र चालकहरूलाई कम भन्दा कम खर्चमा उच्च कार्यक्षमता हासिल गर्न सहयोग गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।