काठमाडौं- प्रतिनिधि सभाबाट पास भएको नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल भएको छ।
नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाको बैठकमा टेबुल भएको हो। सोमबार जारी राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई सभासमक्ष टेबुल गरेका हुन्।
टेबुल भएको विधेयकमाथि राष्ट्रिय सभा सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।