काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो।
तोलामा १०० रुपैयाँ घटेपछि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९३ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ।
यसअघि आइतबार भने तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
सोमबार चाँदीको मूल्य भने यथावत् रहेको छ। आइतबार जस्तै सोमबार पनि चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।