काठमाडौं– बलिउड फिल्म उद्योग विश्वककै सबैभन्दा ठूलो फिल्म उद्योगहरु मध्येमा पर्छ।
बलिउडमा वर्षेनी करोडौं रुपैयाँ खर्च गरेर फिल्म बन्छन् भने करोडौं रुपैयाँ पारिश्रमिक लिने कलाकारहरु पनि छन्। बलिउडका कलाकारहरुमध्ये सबैभन्दा धेरै आयकर तिर्नेमा भने अभिनेता अक्षय कुमार पर्छन्।
हालसालै अक्षय कुमारलाई बलिउडमा भएकामध्ये सबैभन्दा धेरै कर तिर्ने कलाकार भएको भन्दै भारतको आयकर विभागले सम्मान पनि गरेको छ। बलिउडमै सबैभन्दा धेरै कर तिर्ने कलाकार भएको भन्दै अक्षयलाई आयकर विभागले सम्मान पत्र दिएको हो।
रिपोर्टकाअनुसार अक्षय पछिल्लो पाँच वर्ष यता सबैभन्दा धेरै कर तिर्नेमध्येको सूचीमा पर्छन्। बलिउडमा उनले अभिनय गरेका फिल्महरु पनि धेरै हुने भएकाले पनि उनले अरुको तुलनामा धेरै कर तिर्ने गरेका हुन्।
अक्षय हाल टीनू देसाईको निर्देशनमा बनिरहेको नयाँ फिल्मको छायांकनमा व्यस्त छन्। त्यस्तै अक्षयको आगामी फिल्म ‘रक्षा बन्धन’ अगस्ट ११ मा प्रदर्शनमा आउँदै छ। यस बाहेक यो वर्ष अक्षयको हातमा ‘राम सेतु’, ‘सेल्फी’, ‘मिसन सिन्ड्रेला’, ‘ओ माइ गड २’जस्ता फिल्महरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।