सर्लाही- सर्लाहीको हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान रहेका छन् ।
पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
पासवानको साथबाट रु ५० हजार बरामद गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।