काठमाडौं– प्रतिनिधि सभाको बैठकमा गणपुरक संख्या नपुग्दा “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्ताव पारित हुन सकेन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सदनमा पेस गरेको विधेयकमाथिको छलफलपछि नेमकिपाका सांसद प्रेम सुवालले गणपुरकबारे सभामुखको ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्ने प्रक्रिया अगाडि बढाउन खोज्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या निश्चित गर्न माग गरेका थिए।
तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या निश्चित गर्दा संसदहरुको संख्या ६९ हुनुपर्नेमा केवल ५७ जना मात्र उपस्थित भएपछि बैठक आगामी १० गते सम्मका लागि स्थगित गरिएको हो।
कुनै प्रस्ताव वा प्रश्न निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सदस्य आवश्यक पर्ने संवैधानिक प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।