काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट यूएईस्थित सारजाह जान लागेका दुई नेपाली समातिएका छन्।
अवैध रुपमा साउदी रियाल लिएर जान लागेको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तनहुँको भिमाद नगरपालिका–२ का २६ वर्षीय मानबहादुर थापा र रौतहटको राजपुर गाउँपालिका–६ का ३० वर्षीय शेख फैयाज छन्। उनीहरु शनिबार एअर अरेबियाको उडानमाफर्त सारजाह जान लागेका थिए।
थापाले ५ सय दरका ५० थान अवैध रियाल र फैयाजले ५ सय दरका १०० थान अवैध रियाल बोकेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता हिमालय श्रेष्ठले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई रकमसहित राजस्व अनुसन्धान कार्यालय हरिहरभवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।