काठमाडौं– ठगी भएको आरोपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।
जानकीनगरमा रहेको ब्लु स्काई बिजनेश सोलुसन प्रालि नामक कल सेन्टरमा छामा मारेको हो। सामाजिक सञ्जालमार्फत विभिन्न बाहना तथा प्रलोभन देखाएर ठगी धन्दा सञ्चालन गरेको आरोपमा छापा मारिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
ठगी गिरोहका सदस्य एक भारतीय नागरिकसहित ९ जनालाई पक्राउ गरिएको छ। उक्त कम्पनीमा काम गर्ने करिब २ सय कर्मचारीलाई पनि नियन्त्रणमा मै राखेर सोधपुछ सुरु गरिएको छ।
यो गिरोहले सामाजिक सञ्जामार्फत चिट्ठा परेको भन्दै म्यासेज पठाउने र उक्त चिट्ठा तथा सामान लिनका लागि निश्चित रकम भन्सार शुल्क लाग्ने भन्दै रकम पठाउन लगाएर ठगी गरेको दाबी प्रहरीले गरेको छ।
यो गिरोहमा भारतीयका साथै चिनियाँ नागरिक पनि संलग्ने रहेको प्रहरीले जनाएको छ। उनीहरुकै योजनामा नेपालीले काम गर्ने गरेको प्रहरीको दाबी छ। उनीहरुबाट मोबाइल, कम्युटरलगायतका सामाग्रीहरु पनि बरामद भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।