काठमाडौं– बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सुरु भएको बाना कप भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ।
बाल्टिमोरको जोसेप स्पोर्टस कम्प्लेक्समा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पुरुषतर्फ टेक्सासको सुदूरपश्चिमसँगै बेलमोन्ट बाल्टिमोर, बाल्टिमोर युथ क्लब, एनआरएनए मेरिल्यान्ड, योङ ब्लड पेन्सलभेनिया, बागलुङ समाज मेरिल्यान्ड, सिन्धु बुद्ध न्युयोर्क र न्युयोर्क ह्वाइटले अन्तिम आठमा स्थान बनाए।
१८ टिमको सहभागिता रहेको पुरुषतर्फको प्रतियोगितामा समूह ‘ए’ बाट फारवेष्ट टेक्सास विजेताका रुपमा अन्तिम चारमा स्थान बनायो भने बेलमोन्ट उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनायो।
यस्तै समूह बी बाट बाल्टिमोर युथ क्लब विजेता र एनआरएनए मेरिल्याण्ड उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे। समुह ‘बी’ बाट योङ ब्लड विजेता र बागलुङ समाज उपविजेताको रुपमा अन्तिम आठमा पुगे।
समूह ‘डी’ बाट सिन्धु बुद्ध र न्युयोर्क ह्वाइट अन्तिम आठमा पुगे। क्वाटरफाइनलमा फारवेष्ट टेक्सास र बागलुङ समाजबीच प्रतिस्पर्धा हुनेछ भने बेलमोन्ट र योङ ब्लड, बाल्टिमोर युथ र न्युयोर्क ह्वाइट, एनआरएनए मेरिल्याण्ड र सिन्धु बुद्धबस्च प्रतिस्पर्धा हुनेछ।
बानाको आयोजनामा दोस्रोपटक भइरहेको प्रतियोगितामा महिला टिमलाई भने पहिलो पटक समावेश गरिएको हो। महिला तर्फ चार टिमको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।