काठमाडौं– गणपुरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
आइतबार राज्य व्यवस्था तथा कारागार सम्बन्धी विधेयक २०७६ निर्णयार्थ पेस गर्नुअघि नेमकिपाका सांसद प्रेम सुवालले सदनमा गणपुरक संख्या नपुग्ने भन्दै प्रश्न गरेका थिए।
सांसद सुवालको प्रश्नपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या एकिन गर्न आग्रह गरेका थिए।
गणपुरक संख्या पुग्नका लागि ७९ जना सांसद आवश्वयक हुने र उपस्थित संख्या ६७ जना मात्र भएपछि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्नका लागि प्रतिनिधि सभामा एक चौथाई सांसदहरुको उपस्थिति हुनुपर्ने संवैधानिक प्रावधान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।