काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले अमेरिकी साझेदार कार्यक्रम एसपीपीका सन्दर्भमा सरकारको निर्णय कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाकाबारेमा संसद्लाई जारी गराउन निर्देशन दिएको पाँच दिन बितिसक्दासमेत जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै रावलले सरकार कहाँ छ ? यो देशमा छ कि अन्तै छ भन्दै प्रश्न गरेका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने, सार्वभौमसत्ता सम्पन्न सदनको निर्णय पनि नसुन्ने भन्दै सरकारले कहिलेबाट कान सुन्ने श्रवण शक्ति गुमायो भन्दै प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।