काठमाडौं– नेकपा एमालेकी सांसद विन्दा पाण्डेले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको तीन हप्ताभन्दा बढी भइसकेको भन्दै सम्बन्धित मन्त्रीलाई गम्भीरताका लिन आग्रह गरिन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले नेपालको शिक्षा प्रणाली दिनानुदिन वेथितमय बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद पाण्डेले प्राज्ञिक उत्कृष्ट बनाउने भनिएको त्रिविमा कतै तालाबन्दी,कतै परीक्षा र प्रश्नपत्रको विवादले मुछिएकोप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले अन्तराष्ट्रिय प्रतिस्पर्धामा राम्रो ठानिएको त्रिविअन्तर्गत मेडिसियन, इन्जिनियरिङ शिक्षा धरापमा परेको खबरले थप प्रश्न उठाएको बताएकी छन्।
अस्तव्यस्त भएको शिक्षालाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा संसद्मा छलफल हुनुपर्छ भन्ने दायित्वका साथ दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गराउन सभामुखमार्फत् सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।