काठमाडौं- नेकपा एमालेका सांसद विद्या भट्टराईले आधारभूत शिक्षा अन्तर्गत् बाल विकासमा सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाइन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले २०७८/०७९ को बजेटमा बाल विकासका सहयोगीहरुको मासिक तलब १५ हजार कायम गरे पनि उनीहरुले तलब नपाएको आरोप लगाइन्।
उनले नियुक्तिको समयमा ९ बजे देखि २ सम्मको काम गर्ने समायावधी तोकिए पनि उनीहरुले विद्यालय र स्थानीयको आवश्यकता अनुसार ९ देखि ५ बजेसम्म काम गर्नु परेको बताएकी छन्।
नियमानुसार ४ वर्षसम्मका बालबालिका मात्र भर्ना गर्ने भनिएता पनि २ वर्षदेखिका बालबालिकालाई सेवा दिइरहेको भन्दै राज्यले बालविकास सहजकर्ताको पारिश्रम यथाशीघ्र उपलब्ध गराउन माग गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।