काठमाडौं– नेकपा एमालेका सांसद लालबाबु पण्डितले निर्वाचनको मिति घोषणा नगरेकोमा गठबन्धनको सरकारको भूमिकालाई लिएर जनताले जान्न चाहेको बताएका छन्।
आइतबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पण्डितले उक्त माग गरेका हुन्।
‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाई गरिरहेको छ। गठबनधनको गाँठा–गुँठी नमिलेर हो कि? आर्शिवाद लिन गएको ठाउँबाट आर्शिवाद नपाएर हो कि? या चुनाव नगराउने मनशायले गठबन्धन लामो समय टिकाउनको लागि हो कि?’ पण्डितले माग गरे‘जनता जान्न चाहान्छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।