काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयक प्रतिनिधि सभाबाट पारित हुनु स्वागतयोग्य कुरा भएको बताएको छ।
संघका अध्यक्ष विनोद कुँवरले विधेयकले गैरआावसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको बताए। उनले संघले नागरिकताको निरन्तरताको माग गर्दै आएकोसमेत बताए।
अध्यक्ष कुँवरले आफूहरुले उठाउँदै आएका धेरै मागहरु विधेयकले नसमेटेको भए पनि संविधानले गैरआवासीय नेपालीलाई दिएको अधिकार कार्यान्वयनको दिशामा अघि बढेकोले संघले स्वागत गरेको बताए। उनले विधेयकको पक्षमा मत राख्ने सबै सांसदहरुलाई धन्यवादसमेत दिए।
‘यस विधेयकमा संघले उठाउँदै आएका धेरै मागहरु त छैनन् तर नागरिकताको निरन्तरताको माग पूरा हुने दिशामा अघि बढेको छ। गैरआवसीय नेपालीलाई संविधानले दिएको अधिकार कार्यान्वयन हुन्छ भन्ने आशा र विश्वास बढेको छ, यसकारण संघ विधेयकको स्वागत गर्दछ’, कुँवरले भने ।
अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाली नागरिकता मात्रै भएको बताउँदै उक्त कार्य तत्कालीन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा सुनिश्चित भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।