काठमाडौं– नेकपा एकता राष्ट्रिय अभियानले शुक्रबार प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक नेपाललाई फिजिकरण गर्ने उद्देश्यले ल्याइएको बताएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अभियानले नागरिकता विधेयक राष्ट्रघाती भएको ठहर गरेको छ। अभियानका संयोजक युवराज सफलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नागरिकताविहीन नेपाली नागरिकको नाममा विधयेक ल्याएको भनिए पनि सारमा नेपाललाई फिजीकरण, सिक्किमिकरण र भुटानीकरण बोटोमा लैजाने उद्देश्यले नागरिकता विधयेक ल्याइएको हो।’
नागरिकता विधेयकमाथि मुख्य तीन त्रुटि निकाल्दै अभियानले उक्त विधेयक खारेजीको माग गरेको छ। नागरिकता विधेयकको विषयमा संसद्मा प्रतिनिधित्व गर्ने र नगर्ने दलहरुबीच व्यापक छलफल नगरी हतयारमा गलत मनसायका साथ पारित गरिएको बताइएको छ।
संवेदनशील विषयमा बहुमतका आधारमा पारित गरी राष्ट्रघाट हुँदै आएकाले प्रतिनिधि सभा र राष्ट्रिय सभामा यस्ता विधेयक दुई तिहाइ मतबाट मात्रै पारित गर्नुपर्ने व्यवस्था राख्न अभियानले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।