• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गैरआवासीय नेपालीलाई नागरिकता : देशले के पाउँछ?

64x64
नेपाल लाइभ आइतबार, साउन ८, २०७९  १५:५४
1140x725

काठमाडौं- प्रतिनिधि सभाबाट नागरिकता विधेयक पास भएको छ। गैरआवासीय नेपाली नागरिकले समेत नागरिकता पाउने गरी विधेयक संशोधन भएको हो। अब राष्ट्रिय सभाबाट अनुमोदन भएमा त्यो नागरिकता ऐन २०६३ को अंग बन्नेछ। 

नेपालको संविधानमा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठन(सार्क) का सदस्य राष्ट्र बाहेकका देशमा बसोवास गरेको साविकमा वंशजको जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बजै, नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ।’ 

संविधानको यही प्रावधान अनुकूल हुने गरी नागरिकता ऐन २०६३ को दफा ७ पछि दफा ७ 'क' थपेर एनआरएनहरुलाई नागरिकता दिने व्यवस्थासहित संशोधन गरिएको छ। ७ (क) को उपदफा १ मा भनिएको छ, 'विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ।'

कसरी लिने नागरिकता?
उपदफा-२ मा 'गैरआवासीय नेपाली नागरिकता' लिने प्रावधान छ। नागरिकता लिन चाहनेले निम्न प्रमाणसहित गृहमन्त्रालय वा तोकिएको अधिकारी समक्ष निवेदन दिन भनिएको छ।  जुन यसप्रकार छन् :
(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण, 
(ख) सम्बन्धित व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
(घ) दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, 
(ड) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धतापत्र।

साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकताका लागि निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्रसमेत पेस गर्नु पर्नेछ। निवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक सबुद प्रमाण बुझि उक्त व्यक्तिलाई तोकिए बमोजिम गैरआवासीय नेपाली नागरिकता दिनेछ। 

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिएबमोजिम सपथ गराउनु पर्नेछ। गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिले झुट्टो विवरण दिइ त्यस्तो नागरिकता प्राप्त गरेमा वा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत कार्य गरेको ठहरेमा नेपाल सरकारले त्यस्तो व्यक्तिले प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकता रद्द गर्ने प्रावधान छ। त्यस्तै यसरी नागरिकता लिने गैरआवसीय नेपालीहरुको हकमा काठमाडौं वा सम्बन्धित जिल्लामा गएर लिन सकिने व्यवस्था विधेयकमा राखिएको छ। 

केही थप अपेक्षा, तर संविधानबाटै रोक
नागरिकताका ऐनलाई संविधान अनुकूल बनाउन संशोधन गर्न लागिएको हो। त्यसैले संविधानले दिएका अधिकार मात्रै उपयोग गर्न पाउनेगरी एनआरएनले नागरिकता पाउनेछन्। एनआरएनले अपेक्षा गरेका सबै माग भने सम्बोधन नभएको एनआरएनएका अध्यक्ष कुल आचार्य बताउँछन्। राजनीतिक अधिकारका साथै राहदानी पाउनु पर्ने लगायत आफूहरुको माग रहेको उनले बताए। 

संविधानसभा सदस्यसमेत रहेका कानुनविद् तथा सांसद राधेश्याम अधिकारी अहिले यसको सफल प्रयोग नै महत्त्वपूर्ण हुने बताउँछन्। 'अहिले जति छ, तिनमा कुरा गर्नुपर्छ। नातिसम्मले पाउने प्रावधानको प्रयोग सफल भयो भने पनातिले पाउने व्यवस्था हुन सक्ला। पनातिको कुरा गरेर अल्झिनुहुँदैन,' उनले भने। 
त्यस्तै गैरआवासीय नेपाली संघका नागरिकतासम्बन्धी फोकल पर्सन सरोज दाहाल पनि नागरिकता ऐन संशोधनसँगै अन्य ऐन संशोधन गर्नुपर्ने बताउँछन्। ‘त्यसपछि एनआरएनहरुले पासपोर्ट पाउने बाटो खुल्ने हामीले विश्वास लिएका छौं । यसका लागि  गृह मन्त्रालयसंग पनि पहल भइरहेको छ,'  उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

देशले के पाउँछ?
गैरआवासीय नेपालीहरु संसारको जुन ठाउँमा रहे पनि आफू 'नेपाली' रहेको भावनाबाट अलग हुन नदिन यसले महत्त्वपूर्ण भूमिका खेल्ने र गैरआवासीय नेपालीले 'नागरिक'को अनुभूति गर्न पाउने गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य बताउँछन्। यसले नेपालमा लगानी बढ्ने र संसारभरिका नेपालीसँग रहेको सीप र श्रोत नेपाल भित्र्याउन कोसेढुंगा सावित हुने उनले विश्वास व्यक्त गरे। 

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउने भनेर संविधानमै उल्लेख गरिएका कारण एनआरएनहरु अहिले नागरिकता पाउने कुराले उत्साहित भएको आचार्यले बताए। 'नीति तथा कार्यक्रम र बजेटमा धेरै कुरा समेट्ने प्रयास गरिएको छ। तर नागरिकताको ग्यारेन्टी नहुँदा बाहिर बस्ने नेपालीहरु अलिकति डराएको अवस्था थियो। गैरआवासीय नेपाली नागरिकता पाउनेगरी संशोधन अघि बढेको खबरपछि उनीहरु एकदमै उत्साहित भएका छन्।'

एनआरएनहरुले पहिलेदेखि नै नेपालमा सरल रुपमा पैसा लिएर आउन पाउने र चाहिएको बेलामा फिर्ता गर्न पाउने गरी विदेशी मुद्रामा  (डलर) खाता खोल्ने व्यवस्थाका लागि आवाज उठाउँदै आएका थिए। नेपाल सरकारले त्यसका लागि बाटो सहज बनाइदिएको छ। नागरिकताका  प्राप्तिले त्यसलाई अझ प्रोत्साहित गर्ने आचार्यको बुझाइ छ।

'मुलुकको समृद्धिको लागी लगानी भित्र्याउने र पूँजी पलायन हुने कुरालाई रोक्नुका साथसाथै हामीले सुरु गरेको इन्फास्ट्रक्चर डेभलेपमेन्ट  फन्डको पनि सदुपयोग हुनेछ,' आचार्यले भने, 'गैरआवासीय नेपालीले पनि नेपाली सरह लगानी गर्ने अवसर पाएमा सानाठूला ठाउँहरुमा लगानी गर्नेछौं।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गैरआवासीय नेपाली उत्साहित छन् : कुल आचार्य, अध्यक्ष एनआरएनए

नागरिकता ऐन २०६३ संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भयो। अहिलेलाई जे जति कुरा समेटिएका त्यसमा तपाईंहरु सन्तुष्ट हुनुहुन्छ?
संसारभरिका गैरआवासीय नागरिकको सवाल छ। त्यो पूर्ण रुपमा पूरा भएको छैन। ८० देशहरमा दोहोरो नागरिकताको व्यवस्था भइसकेको छ। हाम्रो माग भनेको त्यही हो। हाम्रो संविधानले जे व्यवस्था गरेको छ, त्यो अनुसार पास भएका प्रावधानको स्वागत गर्दै दोहोरो नागरिकताका लागि  पहल जारी राख्नेछौं।

दोहोरो नागरिकताको अर्थ राजनीतिक लगायतका अधिकारसमेतको अपेक्षा होला। यसका लागि संविधान संशोधनसम्म पुग्नुपर्छ। संविधान अनुसारकै प्रावधानमा केही सुधार जरुरी छन्? 
नागरिकता लिने प्रक्रियामा हाम्रा केही फरक मत छन्। त्यहाँ सच्चाउनै पर्ने हामीले पाएका छौं। जति सक्दो चाँडो संसदबाट नागरिकता विधेयक पास होस्। हामी यसलाई संशोधन प्रस्ताव राखेर डिस्टर्व गर्ने पक्षमा छैनौं।

1632739887_kul acharya.jpg
कुल आचार्य

यद्यपि, तीन पुस्ताकालागि मात्र गैरआवासीय नेपाली नागरिकता भएको छ। यसमा संशोधन भने चाहिन्छ नै। उदाहरणका लागि म अहिले पचास वर्षको भएँ। मेरो नाति भइसक्यो। ७० वर्षको हुँदाखेरी मेरो पनाती हुन्छ। मेरो सबै सम्पतिदेखि लिएर नागरिकताको अधिकार म जिउँदै हुँदा नै उसले दाबी गर्छ। यो प्रावधानले देशका लागि दिर्घकालीन रुपमा राम्रो गर्दैन भन्ने हामीलाई लागेको छ।

नागरिकता दिँदै गर्दा देशले पनि तपाईंहरुबाट केही अपेक्षा गरेको छ। तपाईंहरुले नेपालमा ल्याउने भनेको लगानी र बनाएको कोषको विस्तारमा कस्तो प्रभाव देखिएला?
हामीले धेरै वर्षदेखि निर्व्याजी पैसा नेपालमा सरल रुपमा लिएर आउन पाउने र चाहिएको बेलामा फिर्ता गर्न पाउने डलर खाताका लागि आवाज उठाउँदै आएका थियौं। त्यो नेपाल सरकारले व्यवस्था गरेको छ। त्यसको लागि धन्यवाद चाहन्छौं। जब गैरआवासीय नेपाली नागरिकले नेपालसंग जोडिएको अनुभूति गर्न पाउनेछन्, लगानी बढ्ने र हाम्रो नेपालमा रहेको सम्पत्ति पलायन हुन बाट रोक्न यो अत्यन्तै महत्त्वपूर्ण कोशेढुंगा हुनेछ। नेपाल सरकारले नीति तथा कार्यक्रममा, बजेटमा हाम्रा धेरै कुराहरु समेट्ने प्रयास गरेको छ। बाहिर बस्ने नेपालीहरु अलिकति डराएको अवस्था थियो। अब गैरआवासीय नेपाली नागरिकता पाउने भएपछि एकदमै नै उत्साहित भएका छन्। 

यसले मुलुकको समृद्धिको लागि लगानी भित्र्याउने र नेपालमा रहेको सम्पत्ति पलायन हुने कुरालाई रोक्छ। हामीले ‘इन्फास्ट्रक्चर डेभ्लोप्मेन्ट फन्ड' भनेर सुरु गरेका छौं। त्यसमा नेपाल सरकारलाई पनि सहभागी हुन अनुरोध गरेका छौं। गैरआवासीय नेपालीहरुलाई नेपालमा नेपालीसरह लगानी गर्ने अवसर दिनुहोस् भनेर भनेका छौं। नेपाली नागरिक सरह लगानी गर्ने ठाउँ दिइयो भने हामीले सानाठूला ठाउँहरुमा लगानी गर्नेछौं।

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
सम्बन्धित सामग्री
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्