काठमाडौं- प्रतिनिधि सभा बैठक आइतबार बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
बैठकमा कारागार विधेयक, २०७६ छलफलका लागि पेस गर्ने तयारी छ। त्यस्तै योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमाथि राष्ट्रिय सभावाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।