काठमाडौं– पाँचौ उपत्यकाव्यापी अन्तरविद्यालय वादो कराँते प्रतियोगितामा ब्लू बर्ड स्कूल प्रथम भएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित ग्लोबल भिजन स्कलर्स एकेडेमीले शनिबार आयोजना गरेको प्रतियोगितामा ब्लू बर्ड स्कूल प्रथम भएको हो।
यस्तै, आयोजक ग्लोबल भिजन भने दोस्रो हुँदा पथप्रर्दशक सेकेन्डरी स्कूलले तृतीय स्थान हात पार्यो।
प्रतियोगितामा बेस्ट फाइटर ग्लोबल भिजनका इसान सापकोटा घोषित भएका छन्। प्रतियोगितामा काठमाडौंका विभिन्न ९ वटा विद्यालयका १११ विद्यार्थी प्रतिस्पर्धीको रुपमा सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।