काठमाडौं– संयुक्त विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै सांसदलाई एसएमएस पठाएका छन्।

सत्तारुढ दल निकट विद्यार्थीहरुले शनिबार गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै एसएमएस पठाएका हुन्। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीका नाममा रहेका सदस्य गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले राजीनामाको माग गर्दै आएका छन्।

गभर्नर अधिकारीले भने यसअघि नै एम अधिकारी नाम गरेको व्यक्ति आफू नभएको बताइसकेका छन्। एमालेले पनि एम अधिकार गभर्नर नभएको प्रस्टीकरण दिइसकेको छ।

तर, सत्तारुढ दल र तिनमा आबद्ध विद्यार्थी संगठनहरुले भने एम अधिकारी नामका व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै भएको भन्दै सरकारसँग बर्खास्त गर्न माग गरिरहेका छन्।

आन्दोलनरत विद्यार्थी संगठनहरुले शनिबार सत्तारुढ दलका सांसदहरुलाई मोबाइलमार्फत् एसएमएस पठाउँदै गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।