काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कमजोर बनाउन विदेशी प्रतिक्रियावादीले सत्तारुढ गठबन्धन बनाएको आरोप लगाए।
शनिबारदेखि ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघको महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले मजदुर वर्ग पक्षय विचारहरुको संवाहक शक्ति नेकपालाई विभाजन पनि देशी/विदेशी शक्तिहरुले गराएको दाबी गरे। मजदुर वर्गको पक्षलाई कमजोर पार्नकै लागि तत्कालीन नेकपा विभाजन गराएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।