काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको बेलामा कुनै सहमति नभएको बताएका छन्।
अघिल्लो हप्ता भारत भ्रमणमा गएका प्रचण्ड र त्यहीँ रहेकी कांग्रेस नेता आरजु राणाबीच सहमति भएको आशंका गरिएको थियो। तर प्रचण्डले त्यसलाई नकारेका हुन्।
'त्यो सब हावा कुरा हो। यो एक खालको भ्रम फैलाउने, कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन। त्यो हुनसक्ने कुरा पनि होइन', शनिबार जनकपुर विमानस्थलमा उनले भने।
उनले आरजु उपचारको क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्टका लागि दूतावासमै बोलाएका बेलामा आरजुसँग भेट भएको उनले बताए।
'एकछिन हामी दूतावासमा ब्रेकफास्ट गर्ने बेलामा सँगै बसेको हो। अरु केही कुरा, अरु कसैसँग त्यो हुनसक्ने कुरा पनि थिएन। तर त्यो प्रचार भयो र त्यसलाई यति प्रचारमा लैजाने कोसिस गरियो कि अन्तर्राष्ट्रिय स्तरमासमेत लगिएछ', उनले भने।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभएको विषयमा पनि भइरहेको वाहियात, तथ्यहीन र षडयन्त्रमूलक प्रचारबाजीबाट सतर्क आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।