धनगढी– सशस्त्र प्रहरीले धनगढीबाट श्रोत नखुलेको भारतीय रकमसहित २ जनालाई पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँ सहित सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको टोलीले २ जनालाई पक्राउ गरेको हो।
शनिबार बिहान साढे ५ बजेको समयमा सशस्त्र प्रहरीको केन्द्रीय ब्यूरोको टोलीले सो रकमसहित धनगढी उपमहानगरपालिका–१ शान्तिटोलका १७ वर्षीय विबेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ।
यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।