निजगढ– नेपालबाट भारततर्फ लागु औषध गाँजा तस्करी गर्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
बाराको महागढीमाई नगरपालिका–५ तेलगाउँको बाटो हुँदै भारतीय सीमातर्फ प्रवेश गर्न लागेको बा ५ ख ८०७५ नम्बरको ट्रक चेकजाँच गर्दा सशस्त्र प्रहरीको टोलीले १५० किलो (१० पोका) तयारी गाँजा फेला पारेको थियो।
ट्रकमा गाँजा फेला परेपछि सशस्त्रको टोलीले ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ सानुलेखाका २९ वर्षीय राज कुमार रुम्बा र भारतीय नागरिक श्याम महतोलाई पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई बरामद गाँजा र ट्रकसहित नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।