• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थविद्हरु भन्छन्–अहिलेको आर्थिक अवस्थालाई सुधार गर्ने खालको मौद्रिक नीति आएन

64x64
सुमित्रा कार्की शुक्रबार, साउन ६, २०७९  २०:५०
1140x725

काठमाडौं-अर्थविद्हरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न नसक्ने टिप्पणी गरेका छन्। 

अर्थविद् रामेश्वर खनालले मौद्रिक नीति अहिले अर्थतन्त्रमा पहिचान गरिएका समस्या समाधान गर्ने खालको नभएको बताए। ‘अहिले विदेशी मुद्रा सञ्चिति बढ्न नसकेको, भुक्तानी सन्तुलन ऋणात्मक भएको, मूल्यवृद्धि आकाशिएको, वित्तीय स्थायीत्व कमजोर बन्दै गएको लगायतका कुरालाई सुधार गर्ने खालको मौद्रिक नीतिको अपेक्षा बजारले गरको थियो, तर आएन,’ उनले भने।

अपेक्षाअनुसारको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले हिम्मत गर्न नसकेको उनको भनाइ छ। ‘जस्तै नगद रिजर्भ अनुपात (सीआरआर) कोरोनाको बेलामा आधाभन्दा धेरै घटाइएको थियो। अहिले १ प्रतिशतले बढाइएको छ। यो ३ प्रतिशतबाट चार प्रतिशत पुर्‍याइएको छ,’ उनले भने। 

तर, ब्याजदर बढाउने कुरा भने राम्रो भएको उनले बताए। ‘अहिलेको अवस्थामा नीतिगत ब्याजदर नै ७ प्रतिशत पुगेको छ। १ प्रतिशत बढाएर ८ प्रतिशतसम्म पुर्‍याइएको छ। अहिलेको अवस्थामा यो ठीक छ,’ उनले भने। 

अहिलेको अवस्थामा राष्ट्र बैंकले ल्याएको नीतिले बैंकहरुलाई तालमेल गराउन सक्दैन कि भन्ने प्रश्न उठेको उल्लेख गर्दै खनालले मौद्रिक नीतिले बजेटका लक्ष्यलाई भने समेटेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वगभर्नर तथा अर्थशास्त्री चिरञ्जीवी नेपालले मौद्रिक नीति सोचेजस्तो कसिलो नभएको बताए। उनी भन्छन्, ‘अहिलेको अर्थतन्त्रको अवस्था अनुसार राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गर्न कसिलो मौद्रिक नीति ल्याउनु पर्ने आवश्यकता थियो। सबैको अपेक्षा पनि त्यस्तै थियो। तर सोचाइअनुसार कसिलो आएन।’

उनले बैंकको ब्याजदर साढे ८ प्रतिशत नभएर ९ प्रतिशत कायम गर्नुपर्ने अहिलेको अवस्था रहेको बताए। नेपाल लाइभसँग उनले भने, ‘वैधानिक तरलता अनुपात वाणिज्य बैंकहरुलाई १२ प्रतिशत र विकास बैंकहरुलाई १० प्रतिशत भनेको छ। त्यो ठीकै हो।’

अहिले राष्ट्र बैंकले तोकेको सीआरआरको कम्तीमा ६ प्रतिशत हुनपर्ने उनको भनाइ छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मौद्रिक नीतिले ऋणपत्रलाई कर्जा निक्षेप अनुपातमा स्रोतको रुपमा २०८० देखिमात्रै गणना गर्न पाउने भनेको छ। तर अहिलेकै वर्षदेखि गणना गर्न पाउने व्यवस्था हुनुपर्ने नेपालको भनाइ छ। उनी भन्छन्, ‘नयाँ मौद्रिक नीतिले काउन्टर साइक्लिकर बफर अहिलेदेखि नै कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता थियो। तर, २०८० देखि मात्र कार्यान्वयनमा ल्याइने भनेको छ।’

उनले अहिले भएको पुनर्कर्जा सुविधा खारेज हुनुपर्नेमा नीतिले यो व्यवस्था २०८१ बाट हट्ने भनेको उल्लेख गर्दै यसले यस्तो कर्जाबाट जाने पैसा नरोकिने बताए। यो व्यवस्थामा केही परिवर्तन नभएको नेपाल बताउँछन्। उनी भन्छन्, ‘कृषिलगायतका उत्पादनशील क्षेत्रले अहिले पनि यस्तो सुविधा पाएकै छन्। यसमा केही परिवर्तन नै छैन।’

अर्थविज्ञ चन्द्रमणि अधिकारी मौद्रिक नीतिले अहिलेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसक्ने बताउँछन्। ‘समग्रमा हेर्दा नीतिले धेरै कुरा समेटेको देखिन्छ। कार्यविधिहरु सबै क्षेत्रको समेटेको छ। तर, अहिले अवस्थालाई सुधार गर्न मूल्यवृद्धिलाई समेट्ने र सरकार तथा राष्ट्र बैंकले आर्थिक वृद्धिदरको जुन लक्ष्य राखेका छन्, त्यो हासिल गर्न एकदमै कठिन अवस्था छ,’ उनले भने। 

अधिकारीले  व्यापार घाटा उच्च रुपमा वृद्धि भएको, वैदेशिक मुद्राको सञ्चिति घट्दै भएको अवस्थामा त्यसलाई स्थायीत्व कायम गर्ने लगायतका कुरा मौद्रिक नीतिले समेटेको बताउँछन्। ‘तर, सरकारले अतिप्रभावित क्षेत्रका लागि मात्र पुनर्कजा दिन्छु भनेको छ। पहिलेका नीतिमा पनि यही भनिन्थ्यो,’ उनले भने।
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्