काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीको काम ढिलाई गर्ने मात्र हो भन्दै प्रश्न उठाएका छन्। उनले काम समयमै सकेर इतिहास बनाउन सुझाव दिँदै विगतको नराम्रो छवि सुधार गर्न आग्रह गरे।
बालुवाटार परिसरभित्र निर्माणधीन प्रधानमन्त्री निवासको शुक्रबार बिहान निरीक्षण गर्दै उनले यस्तो बताएका हुन्। ‘ठेकेदार भनेको सधैं काममा ढिलाइ गर्ने हो र?’ उनले प्रश्न सोध्दै भने, ‘ काम समयमा सक्दा हुँदैन र?’
ठेकेदार कम्पनीका प्रतिनिधितर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न गरेपछि उनीहरुले समयमै सक्ने बताए। मन्त्री चौधरी सहरी विकास मन्त्रालय अन्तर्गत निर्माणधीन ठूला भवनहरुको धमाधम अनुगमनमा निस्किएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।