काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको बजेट बजेट भ्रष्ट भएको आरोप लगाएका छन्। एमालेको नीति तथा अनुसन्धान प्रतिष्ठानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकारले ल्याएको बजेट कुन–कुन घरानाका लागि ल्याएको हो त्यो प्रष्ट नै भएकाले थप टिप्पणी नगर्ने बताए।
अध्यक्ष ओलीले विगतमा आफ्नो सरकार अपारदर्शी नभएको भनि प्रश्न उठाउनेहरुलाई अहिलेको सरकार कस्तो छ भनि प्रश्न गरे। बजेट निर्माण गर्दा कुन घराना र कस–कसलाई पोस्ने कार्य गरियो भन्ने प्रश्न गर्दै उनले भने, ‘यो भ्रष्ट बजेट हो। बजेट निर्माण गर्दा अर्थमन्त्रालयभित्र अनधिकृत व्यक्ति प्रवेश गर्ने अनि फुटेज हटाउनु र डिलिट गर्नु नै पर्याप्त छैन र? यसमा थप टिप्पणी गर्न म चाहन्नँ।’
उनले एम अधिकारीको खोजीप्रति नेपाली काग्रेससँग आक्रोश पोखे।
‘‘एमालेले खोटाङको एम अधिकारी भनेकै छ, तर पनि कांग्रेसले खोजेकै खोज्यै छ,’ उनले भने, ‘कांग्रेसको विभागमा पनि श्रीमानहरु (न्यायाधीश)बसेकै छन्।’ उनले अवकाश पाएका मानिसलाई पनि ल्याई-ल्याई कांग्रेस र अन्य दलले विभागमा राखेको भन्दै एम अधिकारी खोजीमा एमालेको आलोचना गलत भएको बताए। ओलीले गभर्नर महाप्रसाद अधिकारीको बचाउ गर्दै उनको खोजी गर्नु गलत भएको टिप्पणी गरे।
उनले आफू सरकारमा हुँदा यति होल्डिङ्गसलाई अनुमति दिएको भनेर आलोचना भएको तर उक्त कार्य पूर्वप्रधानमन्त्री सुशील कोइराला हँुदा भएको दावी गरे। उनले आफू सरकारमा हुँदा डिजिटल देश बनाउनेदेखि अन्य धेरै काम गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।