काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले कार्ल मार्क्स र एंगेल्स नेपालमा जन्मेको भए उनीहरुको दारी बाँकी नरहने टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महतले उनीहरु नेपालमा जन्मेको भए नेपालीहरुले उनीहरुका दारी उखेलेर बाँकी नराख्ने टिप्पणी गरेका हुन्।
नागरिकता सम्बन्धी पहिलो संशोधन विधेयक २०७९ को छलफलका क्रममा सांसद महतले उनीहरु युरोपमा जन्मेर दारी जोगाएको बताए।
उनले कम्युनिष्ट पार्टी संकिर्ण र साँघुरो भएको बताउँदै अन्तर्राष्ट्रियवादी भन्ने गरेको आरोप लगाए। नागरिकता सम्बन्धी संशोधन विधेयकमा फरक मत राख्दै के बाहिरबाट आएका महिला होइनन् भन्दै प्रश्न गरे।
उनले भने, 'के बाहिरबाट आएका महिला हैनन्? नेपालका मात्र महिला महिला हुन्?' महिलाहरु घर छोडेर आएपछि उनलाई पहिचान स्वरुप कुनै न कुनै प्रमाण दिनुपर्ने बताए। उनीहरुलाई ग्रिन कार्ड वा भोटिङ कार्ड दिनुपर्ने सांसद महतले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।