काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि माओवादी मूल शक्तिको रुपमा आउने दाबी गरेका छन्। राजनीति सम्भावनाको खेल भएको उल्लेख गर्दै प्रचण्डले माओवादी आफूलाई 'रिभाइब' गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्णायक अवस्थामा पुग्ने दावी गरे।
जनता समाजवादी पार्टी लगायतबाट पार्टी प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा स्वागत गर्दै प्रचण्डले मधेसबाट नै आफूले क्रान्तिको शुरुवात गरेको दाबी गरे। अब मधेसमा पनि माओवादीको पकड बलियो हुने उनको भनाइ छ।
विगतमा माओवादीको बारेमा डिजाइनका साथै भ्रम छरिएको, तर त्यसलाई चिर्दै अहिले मूल शक्तिको रुमपा अघि बढेको प्रचण्डले उल्लेख गरे।
देशमा माओवादी पार्टी एकपटक फेरि पुन:स्थापित हुने र माओवादीलाई देशको बागडोर आफ्नो हातमा ल्याउन कसैले नसक्ने प्रचण्डले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।