काठमाडौं– नेकपा एमालेले सरकार लगानी भित्र्याउन बाहनामा अवैध सम्पत्ति चोख्याउने ध्याउन्नमा लागेको आरोप लगाएको छ।
शुक्रबार एमालेको नीति तथा अध्ययन प्रतिष्ठानले ‘नेपालका विद्यमान आर्थिक चुनौतीको तुलानात्मक समीक्षा’ सार्वजनिक गर्दै यस्तो आरोप लगाएको हो।
व्यवसायिक वातावरण गिर्दो अवस्थामा थप लगानीका लागि उत्साह नभएको तथा सरकारको ध्यान आर्थिक समस्या समाधानमा केन्द्रित नभएको बताइएको छ।
मूल्यवृद्धिको दर दशकमै सबैभन्दा उच्च बिन्दुमा पुगेको, उपभोक्ता मूल्यसूची दोहोरो अंक नजिक रहेको, थोक मूल्य सूची अघिल्लो वर्षको ११ महिनामा ९ प्रतिशतले बढेकोमा यो वर्ष जेठसम्ममा १५ प्रतिशतले बढेको प्रतिष्ठानले जारी गरेको समीक्षामा उल्लेख छ।
सरकारले पेट्रोलियम पदार्थको मूल्यमा खेलवाड गरेको, आयल निगमको मूल्य स्थिरीकरण कोषको ३५ अर्ब रकम रित्तिएको, निगमको घाटा ५५ अर्ब पुगिसकेको समीक्षामा उल्लेख छ। देश आर्थिक रुपमा संकटमा पर्दै गरेका बेला सरकार लगानी भित्र्याउन नाममा अवैध सम्पत्ति चोख्याउनतिर लागिपरेको एमालेको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।