• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुहार कसैले सुनेनन्, छट्पाइरहेकी कात्तिकाले बाटैमा बच्चा जन्माइन्

64x64
धनु विश्वकर्मा शनिबार, साउन ७, २०७९  ०९:५९
1140x725

काठमाडौं— बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट (डुमकोट) की ३६ वर्षीया कात्तिका विकलाई बिहीबार बिहानैदेखि व्यथा लाग्न थाल्यो।

सुरुमै ढाड र पेट दुख्ने समस्या भएपछि उनले श्रीमान्‌ जोखे विकलाई जानकारी गराइन्। घरको काममा व्यस्त रहेका जोखे श्रीमतीलाई व्यथाले च्यापेपछि स्वास्थ्य केन्द्र लैजाने चाँजोपाँजो मिलाउन थाले। 

मुक्तिकोटमै रहेको सामुदायिक स्वास्थ्य इकाईमा प्रसुति सेवा सुरु भइसकेको छैन। आफ्नै वडामा रहेको बर्खु सामुदायिक स्वास्थ्य केन्द्र पुग्न भने पाँच घण्टा लाग्छ। 

त्यसैले पनि जोखेले कात्तिकालाई दुई जना महिलाको साथमा वडा नम्बर २ मा रहेको माझगाउँ सामुदायिक स्वास्थ्य केन्द्रतिर लगे। त्यहाँसम्म पुग्न भने मुक्तिकोटबाट पैदल एक घण्टा समय लाग्छ। 

जोखे कात्तिकालाई लिएर स्वास्थ्य केन्द्रतर्फ निस्किँदै गर्दा मध्याह्न १२ बजिसकेको थियो। एक घण्टाको पैदल दूरी भएका कारण २ जना महिलाको साथमा हिँडाएरै लगे। 

व्यथाले निकै च्यापेपछि आधा बाटोमा रहेको रघुनाथ माध्यमिक विद्यालय नजिकको काला पहाडा भन्ने स्थानमा कात्तिका ढलिन्। उनी हिँड्न नसक्ने भइन्। न बोक्ने स्टेचर नै थियो, न अरु सहयोगी नै। त्यसैले जोखे दुई महिलाका साथमा श्रीमती कात्तिकालाई त्यहिँ छाडेर स्वाथ्यकर्मी बोलाउन सामुदायिक स्वास्थ्य केन्द्रतिर कुदे। 

जोखे स्वास्थ्य केन्द्र पुग्दा त्यहाँ ताला लगाइएको थियो। स्वास्थ्य केन्द्रमा कोही नभेटिएपछि नजिकै बस्ने अनमी नमुना खत्रीको घरमा पुगे जोखे। नुमना घरमै थिइन्। जोखेले आफ्नी श्रीमती सुत्केरी व्यथा लागेर बाटैमा ढलेकाले सुत्केरी गराइदिन अनुरोध गरे। 

तर, करारमा कार्यरत अनमी खत्रीले आफ्नो करार अवधि नवीकरण नभएकाले सेवा दिन नसक्ने बताइन्। जोखेले जागिरेका हैसियतले नभए पनि मानवियताका हैसियतले आफ्नी पत्नीको सुत्केरी गराइदिन अनुरोध गरिरहे। तर, जति बिन्ती गर्दा पनि अनमी खत्री सुत्केरी गराउनका लागि आउन तयार भइनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब डेढ घण्टाजति समय त्यत्तिकै बितिसकेको थियो। यता कात्तिका एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा थिइन्। करिब २ बजेतिर कात्तिकाले बाटैमा बच्चा जन्माइन्। माथि ठूलो पहाड र तल खोला। बीचमा उनले छैठौं सन्तानका रुपमा छोरालाई जन्म दिइन्। 

कात्तिकाले  यसअघि नै ५ सन्तानलाई जन्म दिइसकेकी छन्। जसमध्ये ३ सन्तान मरिसकेका छन्। छैटौं सन्तान जन्माउँदाको दर्दनाक अवस्थाको तस्बिर बिहीबार सामाजिक सञ्जालमा भाइरल बन्यो। 

रघुनाथ माविका शिक्षक जीवन बुढाले कात्तिका बाटैमा सुत्केरी भएपछिको दृश्य कैद गरेका थिए। उनले नेपालको स्वास्थ्य प्रणालीबारे प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरे। त्यसपछि बिहीबार दिनभर उक्त तस्बिरलाई लिएर सर्वत्र चर्चा भयो।

बुढा सोही विद्यालयमा कम्प्युटर पढाउँछन्। आफ्नो कक्षा सकेर घर जाँदै गर्दा कात्तिकालाई बाटैमा बच्चा जन्माउन लागेको देखे, र तस्बिर खिचे। 

Xtrem

Xtrem

अहिले बच्चाको अवस्था सामान्य रहेको छ। कात्तिकालाई भने कमजोरी र पेट दुख्ने समस्या छ। जोखेको आफ्नो जमिन छैन। अर्काको मजदुरी गरेरै ८ जनाको परिवार पाल्दै आएका छन्। अहिले सुत्केरीलाई खुवाउने पोषिलो खानेकुरा नभएको उनले बताए। 

‘उनलाई खुवाउन पोषिलो खानेकुरा नै छैन। कमाइ केही छैन। छाक टार्नै समस्या छ। अरु छोरीलाई खुवाउँ कि सुत्केरीलाई खुवाउँ’, उनी भन्छन्। 

कात्तिकाबाटै जन्मिएका तीन छोरी बितिसकेका छन्। अहिले दुई छोरी र बिहीबार जन्मिएका गरी तीन सन्तान कात्तिकासँग छन्। ५० वर्षीय जोखेकी दोस्री श्रीमती हुन् कात्तिका। अघिल्लो श्रीमतीको मृत्यु भएपछि जोखेले कात्तिकालाई भित्र्याएका थिए। अघिल्लो श्रीमतीका तर्फबाट पनि १ छोरा २ छोरी छन्। 

अघिल्लो श्रीमतीबाट छोरा भए पनि कात्तिकालाई आफ्नो कोखबाट छोरा चाहियो। त्यसैले पनि धेरै सन्तान जन्माएको कात्तिकाका श्रीमान्‌ जोखेले बताए। 

कात्तिकाले बाटैमा बच्चा जन्माउँदै गर्दा जीवनले गाउँपालिकाका स्वास्थ्य संयोजक भक्त कैलालाई फोन गरेर जानकारी दिएका थिए। स्वास्थ्य केन्द्रमा कार्यरत अर्की अनमी माला बमलाई पनि खबर गरेका थिए। तर, त्यसबेलासम्म बच्चा जन्मिसकेको थियो। 

आफूलाई सञ्चो नभएपछि साउन ३ गतेदेखि बिदामा बसेको मालाले बताइन्। गाउँपालिकाले करारका कर्मचारीको अवधि नवीकरण नगरे पनि स्वास्थ्यकर्मीको हकमा भने १ गतेदेखि नै हाजिर हुन मौखिक निर्देशन दिएको थियो। तर, नमुनाले भने लिखित सम्झौता नहुँदासम्म सेवामा नफर्किने भन्दै श्रीमतीको सुत्केरी गराइदिन गुहार माग्न पुगेका जोखेलाई इन्कार गर्दै फर्काइन्। 

नमुना खत्रीलाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनको मोबाइल भने 'स्वीच अफ'  छ। यता मालाले भने आफू बिरामी भए पनि बोलाउन आएको भए त्यस्तो अवस्थामा सेवाका लागि जाने बताइन्। ‘उहाँ उता पुग्नु भएछ। म कहाँ आएको भए बिरामी नै भए पनि जान्थेँ, मलाई फोन आउँदासम्म बाटैमा बच्चा जन्मिसकेको रहेछ’, उनले भनिन्।

उक्त घटनाबारे जानकारी पाएपछि बिहीबार बेलुका नै गाउँपालिका अध्यक्ष भरत रोकायाले मालालाई फोन गरेर आमा र बच्चाको अवस्थाबारे जानकारी लिन कात्तिकाको घर जान निर्देशन दिएका थिए।

‘अध्यक्षज्युको निर्देशनपछि बेलुका म घरमै गएँ। बच्चा स्वस्थ नै छ। तर, कुपोषणका कारण आमा भने कमजोर छन्। पहिले नै भनेको हो, यति कमजोर मान्छेले फेरि बच्चा नजन्माउनु भनेर। तर मान्नुभएन’, मालाले भनिन्। 

बाटैमा बच्चा जन्मे पनि सरकारले दिने पोषणभत्ताको ३ हजार ८०० रुपैयाँ भने सिफारिस गरिएको छ। त्यो पैसा आएको छैन। आर्थिक अभावका कारण सुत्केरी कात्तिकाले पोषिलो खानेकुरा पनि खान पाएकी छैनन्। 

कात्तिकाको छोराको तौल २ किलो ५०० ग्राम रहेको छ। ‘आज बिहान पनि आमा र बच्चाको चेकजाँचका लागि गएको थिएँ, उहाँका श्रीमान्‌लाई सापट गरेरै भए पनि सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन भनेको छु’, मालाले भनिन्। 

यसरी बाटैमा सुत्केरी हुनुपर्ने बाध्यता यहाँ पहिलो भने होइन। मालाका अनुसार ३ वर्षकै अवधिमा यहाँका ६/७ जना महिलाले बाटैमा बच्चा जन्माइसकेका छन्। कतिपय त जन्मिसकेपछिको बच्चा हातमै बोकेर समेत स्वास्थ्य केन्द्रसम्म पुग्ने गरेको माला बताउँछिन्। 

यो घटनाको सर्वत्र चर्चा भएका बेला माझगाउँ स्वास्थ्य केन्द्रका ईन्चार्ज दीर्घ विकले आफू बैठकमा व्यस्त भएका कारण उक्त घटनाबारे जानकारी नभएको बताएका छन्। गाउँपालिकाले पूर्ण खोपमुक्त पालिका घोषणा गर्नका लागि राखेको बैठकमा आफू व्यस्त रहेका बेला उक्त घटना भएको उनको भनाइ छ। 

आफू मिटिङमा हुँदा पनि शिक्षकको फोन आएपछि अनमी माला बम, नमूना खत्री र अहेब रन्दीप बुढालाई जानकारी गराएको बताए। तर, उनीहरु सुत्केरी भएको ठाउँमा नगएको ईन्चार्ज विकको आरोप छ। 

उक्त स्वास्थ्य केन्द्रमा कार्यरत सबै स्वास्थ्यकर्मी करारका हुन्। नयाँ नेतृत्व आएपछि करारका कर्मचारी कसैको पनि नवीकरण भएको छैन। सोही कारण पनि अहिले स्वास्थ्य केन्द्र बन्द छ। यता मुक्तिकोट १ का वडाध्यक्ष अजय विकले स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण कात्तिका बाटैमा बच्चा जन्माउन बाध्य भएको बताए। 

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले संवेदनशील विषयमा पनि अटेरी गरेका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने बताएका छन्। ‘मुक्तिकोटमै बर्थिङ सेन्टर खोल्ने विषयमा छलफल गर्न चार/पाँच दिनअघि काठमाडौं आएको छु। मैले पनि सामाजिक सञ्जाल र स्थानीयको फोनमार्फत् जानकारी पाएँ,’ उनले भने। 

अधिकांश विपन्न बस्ती भएको मुक्तिकोटमा महिला र बालबालिका जिल्लामै धेरै कुपोषित छन्। त्यहाँका गर्भवती, सुत्केरी र बालबालिकालाई गैरसरकारी संस्थाको सहयोगमा औषधि खुवाइराखेको रोकायाले बताए। कात्तिकालाई गाउँपालिकाले २ पोका तेल र १ बोरा चामल प्रदान गरेको छ। 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्