• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

गुहार कसैले सुनेनन्, छट्पाइरहेकी कात्तिकाले बाटैमा बच्चा जन्माइन्

64x64
धनु विश्वकर्मा शनिबार, साउन ७, २०७९  ०९:५९
1140x725

काठमाडौं— बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोट (डुमकोट) की ३६ वर्षीया कात्तिका विकलाई बिहीबार बिहानैदेखि व्यथा लाग्न थाल्यो।

सुरुमै ढाड र पेट दुख्ने समस्या भएपछि उनले श्रीमान्‌ जोखे विकलाई जानकारी गराइन्। घरको काममा व्यस्त रहेका जोखे श्रीमतीलाई व्यथाले च्यापेपछि स्वास्थ्य केन्द्र लैजाने चाँजोपाँजो मिलाउन थाले। 

मुक्तिकोटमै रहेको सामुदायिक स्वास्थ्य इकाईमा प्रसुति सेवा सुरु भइसकेको छैन। आफ्नै वडामा रहेको बर्खु सामुदायिक स्वास्थ्य केन्द्र पुग्न भने पाँच घण्टा लाग्छ। 

त्यसैले पनि जोखेले कात्तिकालाई दुई जना महिलाको साथमा वडा नम्बर २ मा रहेको माझगाउँ सामुदायिक स्वास्थ्य केन्द्रतिर लगे। त्यहाँसम्म पुग्न भने मुक्तिकोटबाट पैदल एक घण्टा समय लाग्छ। 

जोखे कात्तिकालाई लिएर स्वास्थ्य केन्द्रतर्फ निस्किँदै गर्दा मध्याह्न १२ बजिसकेको थियो। एक घण्टाको पैदल दूरी भएका कारण २ जना महिलाको साथमा हिँडाएरै लगे। 

व्यथाले निकै च्यापेपछि आधा बाटोमा रहेको रघुनाथ माध्यमिक विद्यालय नजिकको काला पहाडा भन्ने स्थानमा कात्तिका ढलिन्। उनी हिँड्न नसक्ने भइन्। न बोक्ने स्टेचर नै थियो, न अरु सहयोगी नै। त्यसैले जोखे दुई महिलाका साथमा श्रीमती कात्तिकालाई त्यहिँ छाडेर स्वाथ्यकर्मी बोलाउन सामुदायिक स्वास्थ्य केन्द्रतिर कुदे। 

जोखे स्वास्थ्य केन्द्र पुग्दा त्यहाँ ताला लगाइएको थियो। स्वास्थ्य केन्द्रमा कोही नभेटिएपछि नजिकै बस्ने अनमी नमुना खत्रीको घरमा पुगे जोखे। नुमना घरमै थिइन्। जोखेले आफ्नी श्रीमती सुत्केरी व्यथा लागेर बाटैमा ढलेकाले सुत्केरी गराइदिन अनुरोध गरे। 

तर, करारमा कार्यरत अनमी खत्रीले आफ्नो करार अवधि नवीकरण नभएकाले सेवा दिन नसक्ने बताइन्। जोखेले जागिरेका हैसियतले नभए पनि मानवियताका हैसियतले आफ्नी पत्नीको सुत्केरी गराइदिन अनुरोध गरिरहे। तर, जति बिन्ती गर्दा पनि अनमी खत्री सुत्केरी गराउनका लागि आउन तयार भइनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

करिब डेढ घण्टाजति समय त्यत्तिकै बितिसकेको थियो। यता कात्तिका एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा थिइन्। करिब २ बजेतिर कात्तिकाले बाटैमा बच्चा जन्माइन्। माथि ठूलो पहाड र तल खोला। बीचमा उनले छैठौं सन्तानका रुपमा छोरालाई जन्म दिइन्। 

कात्तिकाले  यसअघि नै ५ सन्तानलाई जन्म दिइसकेकी छन्। जसमध्ये ३ सन्तान मरिसकेका छन्। छैटौं सन्तान जन्माउँदाको दर्दनाक अवस्थाको तस्बिर बिहीबार सामाजिक सञ्जालमा भाइरल बन्यो। 

रघुनाथ माविका शिक्षक जीवन बुढाले कात्तिका बाटैमा सुत्केरी भएपछिको दृश्य कैद गरेका थिए। उनले नेपालको स्वास्थ्य प्रणालीबारे प्रश्न गर्दै सामाजिक सञ्जालमा पोस्ट सेयर गरे। त्यसपछि बिहीबार दिनभर उक्त तस्बिरलाई लिएर सर्वत्र चर्चा भयो।

बुढा सोही विद्यालयमा कम्प्युटर पढाउँछन्। आफ्नो कक्षा सकेर घर जाँदै गर्दा कात्तिकालाई बाटैमा बच्चा जन्माउन लागेको देखे, र तस्बिर खिचे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले बच्चाको अवस्था सामान्य रहेको छ। कात्तिकालाई भने कमजोरी र पेट दुख्ने समस्या छ। जोखेको आफ्नो जमिन छैन। अर्काको मजदुरी गरेरै ८ जनाको परिवार पाल्दै आएका छन्। अहिले सुत्केरीलाई खुवाउने पोषिलो खानेकुरा नभएको उनले बताए। 

‘उनलाई खुवाउन पोषिलो खानेकुरा नै छैन। कमाइ केही छैन। छाक टार्नै समस्या छ। अरु छोरीलाई खुवाउँ कि सुत्केरीलाई खुवाउँ’, उनी भन्छन्। 

कात्तिकाबाटै जन्मिएका तीन छोरी बितिसकेका छन्। अहिले दुई छोरी र बिहीबार जन्मिएका गरी तीन सन्तान कात्तिकासँग छन्। ५० वर्षीय जोखेकी दोस्री श्रीमती हुन् कात्तिका। अघिल्लो श्रीमतीको मृत्यु भएपछि जोखेले कात्तिकालाई भित्र्याएका थिए। अघिल्लो श्रीमतीका तर्फबाट पनि १ छोरा २ छोरी छन्। 

अघिल्लो श्रीमतीबाट छोरा भए पनि कात्तिकालाई आफ्नो कोखबाट छोरा चाहियो। त्यसैले पनि धेरै सन्तान जन्माएको कात्तिकाका श्रीमान्‌ जोखेले बताए। 

कात्तिकाले बाटैमा बच्चा जन्माउँदै गर्दा जीवनले गाउँपालिकाका स्वास्थ्य संयोजक भक्त कैलालाई फोन गरेर जानकारी दिएका थिए। स्वास्थ्य केन्द्रमा कार्यरत अर्की अनमी माला बमलाई पनि खबर गरेका थिए। तर, त्यसबेलासम्म बच्चा जन्मिसकेको थियो। 

आफूलाई सञ्चो नभएपछि साउन ३ गतेदेखि बिदामा बसेको मालाले बताइन्। गाउँपालिकाले करारका कर्मचारीको अवधि नवीकरण नगरे पनि स्वास्थ्यकर्मीको हकमा भने १ गतेदेखि नै हाजिर हुन मौखिक निर्देशन दिएको थियो। तर, नमुनाले भने लिखित सम्झौता नहुँदासम्म सेवामा नफर्किने भन्दै श्रीमतीको सुत्केरी गराइदिन गुहार माग्न पुगेका जोखेलाई इन्कार गर्दै फर्काइन्। 

नमुना खत्रीलाई यस विषयमा सम्पर्क गर्न खोज्दा उनको मोबाइल भने 'स्वीच अफ'  छ। यता मालाले भने आफू बिरामी भए पनि बोलाउन आएको भए त्यस्तो अवस्थामा सेवाका लागि जाने बताइन्। ‘उहाँ उता पुग्नु भएछ। म कहाँ आएको भए बिरामी नै भए पनि जान्थेँ, मलाई फोन आउँदासम्म बाटैमा बच्चा जन्मिसकेको रहेछ’, उनले भनिन्।

उक्त घटनाबारे जानकारी पाएपछि बिहीबार बेलुका नै गाउँपालिका अध्यक्ष भरत रोकायाले मालालाई फोन गरेर आमा र बच्चाको अवस्थाबारे जानकारी लिन कात्तिकाको घर जान निर्देशन दिएका थिए।

‘अध्यक्षज्युको निर्देशनपछि बेलुका म घरमै गएँ। बच्चा स्वस्थ नै छ। तर, कुपोषणका कारण आमा भने कमजोर छन्। पहिले नै भनेको हो, यति कमजोर मान्छेले फेरि बच्चा नजन्माउनु भनेर। तर मान्नुभएन’, मालाले भनिन्। 

बाटैमा बच्चा जन्मे पनि सरकारले दिने पोषणभत्ताको ३ हजार ८०० रुपैयाँ भने सिफारिस गरिएको छ। त्यो पैसा आएको छैन। आर्थिक अभावका कारण सुत्केरी कात्तिकाले पोषिलो खानेकुरा पनि खान पाएकी छैनन्। 

कात्तिकाको छोराको तौल २ किलो ५०० ग्राम रहेको छ। ‘आज बिहान पनि आमा र बच्चाको चेकजाँचका लागि गएको थिएँ, उहाँका श्रीमान्‌लाई सापट गरेरै भए पनि सुत्केरीलाई पोषिलो खानेकुरा खुवाउन भनेको छु’, मालाले भनिन्। 

यसरी बाटैमा सुत्केरी हुनुपर्ने बाध्यता यहाँ पहिलो भने होइन। मालाका अनुसार ३ वर्षकै अवधिमा यहाँका ६/७ जना महिलाले बाटैमा बच्चा जन्माइसकेका छन्। कतिपय त जन्मिसकेपछिको बच्चा हातमै बोकेर समेत स्वास्थ्य केन्द्रसम्म पुग्ने गरेको माला बताउँछिन्। 

यो घटनाको सर्वत्र चर्चा भएका बेला माझगाउँ स्वास्थ्य केन्द्रका ईन्चार्ज दीर्घ विकले आफू बैठकमा व्यस्त भएका कारण उक्त घटनाबारे जानकारी नभएको बताएका छन्। गाउँपालिकाले पूर्ण खोपमुक्त पालिका घोषणा गर्नका लागि राखेको बैठकमा आफू व्यस्त रहेका बेला उक्त घटना भएको उनको भनाइ छ। 

आफू मिटिङमा हुँदा पनि शिक्षकको फोन आएपछि अनमी माला बम, नमूना खत्री र अहेब रन्दीप बुढालाई जानकारी गराएको बताए। तर, उनीहरु सुत्केरी भएको ठाउँमा नगएको ईन्चार्ज विकको आरोप छ। 

उक्त स्वास्थ्य केन्द्रमा कार्यरत सबै स्वास्थ्यकर्मी करारका हुन्। नयाँ नेतृत्व आएपछि करारका कर्मचारी कसैको पनि नवीकरण भएको छैन। सोही कारण पनि अहिले स्वास्थ्य केन्द्र बन्द छ। यता मुक्तिकोट १ का वडाध्यक्ष अजय विकले स्वास्थ्यकर्मीको चरम लापरबाहीका कारण कात्तिका बाटैमा बच्चा जन्माउन बाध्य भएको बताए। 

गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले संवेदनशील विषयमा पनि अटेरी गरेका स्वास्थ्यकर्मीलाई कारबाही गर्ने बताएका छन्। ‘मुक्तिकोटमै बर्थिङ सेन्टर खोल्ने विषयमा छलफल गर्न चार/पाँच दिनअघि काठमाडौं आएको छु। मैले पनि सामाजिक सञ्जाल र स्थानीयको फोनमार्फत् जानकारी पाएँ,’ उनले भने। 

अधिकांश विपन्न बस्ती भएको मुक्तिकोटमा महिला र बालबालिका जिल्लामै धेरै कुपोषित छन्। त्यहाँका गर्भवती, सुत्केरी र बालबालिकालाई गैरसरकारी संस्थाको सहयोगमा औषधि खुवाइराखेको रोकायाले बताए। कात्तिकालाई गाउँपालिकाले २ पोका तेल र १ बोरा चामल प्रदान गरेको छ। 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्