काठमाडौं– नेकपा एमालेका सांसद झपट रावलले राष्ट्रियता, स्वाधीनता र सार्वभौमिताको बारेमा बोल्दा सरकारलाई किन ज्वरो आइरहेको छ भन्दै प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै सांसद रावलले राज्य व्यवस्थामा समितिमा नेपाली नागरिकहरु नागरिकताबाट बञ्चित हुनु हुँदैन र विदेशीले नेपाली नागरिकता पाउनु हुँदैन भन्ने विषयमा आफूहरुले बोलेको कुराको स्मरण गराए।
नागरिकता संशोधन विधेयकमा ३३ वटा संशोधनको प्रस्ताव रहेको बताउँदै ५० वटा भन्दा बढी संशोधनकर्ता रहेको दाबी गरे। संसदमा विचाराधीन विधेयक सरकारले फिर्ता गर्दै नागरिकता सम्बन्धी संशोधन विधेयकलाई खुकुलो बनाएर पेस गर्नुको कारण के हो भन्दै प्रश्न गरेका छन्।
नेपाली महिलाले विदेशीसँग विहे गर्दा परीक्षणकालमा बस्नु पर्ने तर विदेशी महिलाले नेपाली नागरिकसँग बिहे गर्दा स्वत: एक हातमा सिन्दूर अर्को हातमा नागरिकता प्राप्त गर्नुपर्ने विषय असमान रहेको बताए। सार्क मुलुकमा भएको प्रावधानलाई राखेको विषय सरकारले हटाएको उनले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।