काठमाडौं– सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोविरुद्ध बलात्कारको प्रयास गरेको आरोपमा उजुरी परेको छ।
बलात्कार प्रयास आरोप लगाउँदै एक महिलाले उपमेयर महतोविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा किटानी जाहेरी दिएकी हुन्।
उपमेयर महतोले जागिर लगाइदिने भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको ती महिलाले बताएकी छिन्। जाहेरी परेसँगै उपमेयरको खोजी भए पनि उनी सम्पर्कविहीन भएको प्रहरी स्रोतले जनाएको छ।
नगरपालिकाकै कम्युटर अपरेटरमा जागिर खुलेको भन्दै फारम भरेकी महिलालाई जागिर लगाइदिने भन्दै आफ्नो कार्यकक्षमा लगेर बलात्कारको प्रयास गरेको महिलाको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।