काठमाडौं- सत्तारुढ दल एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीले वंशजभन्दा अंगीकृत नागरिकलाई बलियो बनाउन खोजिएको भन्दै विरोध जनाएकी छिन्।
नागरिकता विधेयकमा संशोधन प्रस्तावसमेत राखेकी उनले वैवाहिक अंगीकृतका लागि ७ वर्षे प्रावधानमा जोड दिइन्।
राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी उनले विभिन्न देशको प्रावधान हेरेर छिमेकी मुलुक भारत बराबर बनाइएको बताइन्।
उनले भनिन्, 'अहिले खुकुलो प्रावधान ल्याइयो। आज विवाह गर्छौं, भोलि नागरिकता दिन्छौं र पर्सी मन्त्री बनाउँछौं। यति खुकुलो प्रावधान कुन देशमा छ?' नेपाल ठूलठूला देशको बीचमा रहेको बताउँदै उनले प्रावधान कडा बनाएर जानुपर्ने बताइन्।
'मन्त्रीज्यूले सच्याउनुहुन्छ भन्ने आशा छ। निश्चित समय तोकेर वंशज नागरिक बलियो बनाउनुपर्छ,' उनले भनिन्, 'अंगीकृत नागरिक भएको रहेछ। कानुन र कुर्सीमा अंगीकृत नागरिक कसरी बलियो भए?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।