काठमाडौ– जिल्ला न्यायाधीशका लागि न्याय परिषद्ले माग गरेको आवेदनमा २ सय जनाले आवेदन दिएका छन्।
परिषद्ले न्यायाधीश नियुक्तीको मापदण्ड पारित गर्दै जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको थियो। परिषद्ले असार २१ मापदण्ड पारित गरेको हो।
यससँगै जिल्ला र उच्च अदालतमा न्यायाधीश नियुक्तिको बाटो खुलेको छ। न्यायपरिषद्बाट पारित मापदण्ड राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। मापदण्ड पारित भएपछि परिषद्ले जिल्ला अदालत न्यायाधीशका लागि आवेदन खुला गरेको थियो।
मापदण्ड पारित नहुँदा जिल्ला र उच्च अदालतमा लामो समययता न्यायाधीश नियुक्त हुन सकेका थिएनन्। जिल्ला न्यायाधीशका लागि सरकारी वकिल, कानुन र न्याय समूहका कर्मचारी र केही कानुन व्यवसायीले पनि आवेदन दिएका थिए।
बिहीबार बसेको परिषद्को बैठकले उक्त नामहरुमा छलफल सुरु गरेको छ। आवेदन दिनेहरुको नाम प्रारम्भिक छनोटपछि सार्वजनिक गर्ने तयारी परिषद्ले गरेको छ।
उक्त सूची सार्वजनिक रुपमा प्रकाशित गर्दै थप प्रक्रिया अघि बढ्ने परिषद् स्रोतले बतायो। हाल २१ जना जिल्ला न्यायाधीश रिक्त रहेका छन्। उनीहरुको स्थानमा नियुक्तीका लागि दुई सयले आवेदन दिएका हुन्।
यी हुन जिल्ला न्यायाधीशका लागि आवेदन दिनेहरु




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।