• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‍मा अधिकांश सांसदको जोड :  'लुरुलुरु ल्याएर खुरुखुरु नागरिकता दिने' प्रावधान स्वीकार्य छैन 

64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  १५:४९
1140x725

काडमाडौं-  संसदमा नागरिकता विधेयकमाथि दफावार छलफलमा सहभागी अधिकांश सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका छन्। नेपाली पुरुषसँग विवाह गरेर आउने वित्तिकै विदेशी महिलालाई नागरिकता दिने प्रावधानले राष्ट्रियता नै संकटमा पर्ने उनीहरुकको मत छ।  

विधेयक संशोधनकर्ता सांसद्‍ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जन्म र विवाहकै आधारमा नागरिकता दिँदा कुनै दिन नेपाली नै नेपालमा अल्पमतमा पर्ने चेतावनी दिएकी हुन्। नागरिकता विधेयकमा संशोधन राख्दै उनले यस्तो चेतावनी दिएकी हुन्। उनले भनिन्,  'हाम्रा छिमेकमा ठूला दुई देश छन्। खुला सीमाना छ। यसरी जन्म र विवाहकै आधारमा नागरिकता दिने हो भने हामी नेपाली अल्पमतमा पर्न सक्छौं। यो राष्ट्रघाती र आत्मघाती हुन्छ।' 

विवाह गरेकै आधारमा नागरिकता दिने वा जन्मकै आधारमा वंशजको नागरिकता पाउने कुनै विधिशास्त्र र सिद्धान्तमा नभएको उनले बताइन्। यदी भएमा बुझ्नेगरी जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणसँग अनुरोध गरिन्।  विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समय दिने भन्ने बारे सवै देशले अलग-अलग  नियम भएकाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताइन्। 'नागरिकता राष्ट्रियतासँग जोडिएको छ। कठोर बनाउनुपर्छ भनेर  हामीले संविधानमा सहमति जनाएको हौं। संशोधनसहित समर्थन गरेका थियौं।' 

नेकपा एमालेका नेता भीम रावलले नागरिकता ऐन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै 'छलफल हो कि छल हो' भन्दै प्रश्न गरेका छन्। नेपालले भारतबाट विवाह गरे आउनेहरुलाई  ७ वर्षमै नागरिकता दिनुपर्ने, हामीले चाहिँ ७ वर्ष कुर्नुपर्ने? भन्दै समान बनाउन माग गरेका छन्। 

यसैगरी अर्की संशोधनकर्ता सांसद विद्या भट्टराईले पनि वैवाहिक अंगीकृत नागरिकता ७ वर्षमा दिनेगरी राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयलाई मान्यता दिनुपर्ने बताइन्। उनले भनिन्, 'यही विषयमा विवाद भएर नागरिकता पाउनैपर्नेहरु समेत बञ्चित हुनुपर्‍यो। ७ वर्ष राख्नुपर्छ भन्ने प्रस्ताव संसदीय समितिले सुझावका रुपमा प्रस्तुत गर्‍यो। यो कुरा फेरि हटेको छ। वैवाहिक अंगीकृत नागरिककता सीमाविहीन हुन सक्दैन। महिला र पुरुषका अधिकारका रुपमा बहस नगरौं।'  

सांसद लालबाबु पण्डितले 'लुरुलुरु आयो, खुरुखुरु  नागरिकता पायो' हुन नहुने बताए। नागरिकतामा सीमा जरुरी भएको बताउँदै कांग्रेसले सत्तामा पुग्नैवित्तिकै रङ बदलेको उनले आरोप लगाए। यसरी नागरिकता दिने कुरामा लबिङ गर्नेहरुमा देशप्रेम नरहेको उनको आरोप थियो। 

अर्का सांसद गोकुल बास्कोटाले विश्वकै ४० प्रतिशत जनसंख्या भएका देशको बीचमा रहेको नेपालले यसबारे सोच्नुपर्ने उल्लेख गरे। उनले भने,  'ती देशमा अशान्ति, विग्रह र कुनै पनि कुराले नेपाल प्रभावित हुन्छ। यस्ता लुज प्रावधान राखे भोलि के हुन्छ? फिजीको राष्ट्रपति महेन्द्र चौधरी भए जस्तो नहोस्। ' 

यसैगरी सांसद गंगा चौधरी सत्गौवाले 'अर्कैलाई खुशी पार्न' यो व्यवस्था गरिएको भन्दै विवाह गरेर आउने वित्तिकै नागरिकता दिन नसकिने बताइन्। उनको प्रश्न छ,  'कसलाई खुसी पार्न र कसको कुर्सीका लागि यो व्यवस्था गरियो?' 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सांसद खगराज अधिकारीले नागरिकताको विषय गम्भीरताका साथ हेर्नुपर्ने बताउँदै देशको सार्वभौमितका विषयमा आवेग उत्तेजनामा आएर नहुने बताए। 'आवागमन त सहज छ भन्दै दक्षिणको कुरा मात्र नभएर बंगालादेशमा के छ ? भारतमा के छ ? सार्क मुलुकमा के छ? अमेरिकामा के छ? हामीले तुलनात्मक अध्ययन गरेर नै संविधान निर्माण गरेका हौं,' उनले भने।  सरकारले फिजीको अनुभवबाट सिक्नुपर्ने बताए। 

यसैगरी सांसद विनाकुमारी श्रेष्ठले वैवाहिकक अंगीकृतको सीमा ७ वर्ष राखेर त्यसअघिका लागि राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्नुपर्ने बताइन्। 

यसैगरी सांसद झपट रावलले यो प्रावधानका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा चर्का कुरा गर्ने सांसद नै अहिले चुपचाप बसेको भन्दै रोष प्रकट गरे। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रा सांसद्‍तर्फ लक्षित गर्दै उनले भने,  'यो प्रावधानले गठबन्धन जोगिएला।  सरकार जोगिएला तर देश र जनताले धिकार्नेछ।'

एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता हुन नसक्ने बताउँदै उनले बुहारीका बारेमा सोच्दा विवाह गरेर जाने छोरीका बारेमा पनि सोच्नुपर्ने बताए। उनले सार्क देशका विभिन्न उदाहरण प्रस्तुत गर्दै गम्भीर राष्ट्रघात भइरहेको आरोप लगाए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी सत्तारुढ दल एकीकृत समाजवादीकै सांसद लक्ष्मीकुमारी चौधरीले पनि ७ वर्षे प्रावधानको पक्ष लिइन्। संशोधन समेत राखेकी उनले राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे निकै छलफल गरेर मात्रै निचोडमा पुगेको बताइन्। उनले भनिन्,  'आज विवाह गरेर आउने, भोलि नागरिकता पाउने र अर्को दिन सांसद बन्न सक्ने अवस्था आएको छ।'

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको... शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्