• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‍मा अधिकांश सांसदको जोड :  'लुरुलुरु ल्याएर खुरुखुरु नागरिकता दिने' प्रावधान स्वीकार्य छैन 

64x64
नेपाल लाइभ शुक्रबार, साउन ६, २०७९  १५:४९
1140x725

काडमाडौं-  संसदमा नागरिकता विधेयकमाथि दफावार छलफलमा सहभागी अधिकांश सांसदहरुले वैवाहिक अंगीकृत नागरिकतामा ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका छन्। नेपाली पुरुषसँग विवाह गरेर आउने वित्तिकै विदेशी महिलालाई नागरिकता दिने प्रावधानले राष्ट्रियता नै संकटमा पर्ने उनीहरुकको मत छ।  

विधेयक संशोधनकर्ता सांसद्‍ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जन्म र विवाहकै आधारमा नागरिकता दिँदा कुनै दिन नेपाली नै नेपालमा अल्पमतमा पर्ने चेतावनी दिएकी हुन्। नागरिकता विधेयकमा संशोधन राख्दै उनले यस्तो चेतावनी दिएकी हुन्। उनले भनिन्,  'हाम्रा छिमेकमा ठूला दुई देश छन्। खुला सीमाना छ। यसरी जन्म र विवाहकै आधारमा नागरिकता दिने हो भने हामी नेपाली अल्पमतमा पर्न सक्छौं। यो राष्ट्रघाती र आत्मघाती हुन्छ।' 

विवाह गरेकै आधारमा नागरिकता दिने वा जन्मकै आधारमा वंशजको नागरिकता पाउने कुनै विधिशास्त्र र सिद्धान्तमा नभएको उनले बताइन्। यदी भएमा बुझ्नेगरी जवाफ दिन गृहमन्त्री बालकृष्ण खाणसँग अनुरोध गरिन्।  विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समय दिने भन्ने बारे सवै देशले अलग-अलग  नियम भएकाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताइन्। 'नागरिकता राष्ट्रियतासँग जोडिएको छ। कठोर बनाउनुपर्छ भनेर  हामीले संविधानमा सहमति जनाएको हौं। संशोधनसहित समर्थन गरेका थियौं।' 

नेकपा एमालेका नेता भीम रावलले नागरिकता ऐन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै 'छलफल हो कि छल हो' भन्दै प्रश्न गरेका छन्। नेपालले भारतबाट विवाह गरे आउनेहरुलाई  ७ वर्षमै नागरिकता दिनुपर्ने, हामीले चाहिँ ७ वर्ष कुर्नुपर्ने? भन्दै समान बनाउन माग गरेका छन्। 

यसैगरी अर्की संशोधनकर्ता सांसद विद्या भट्टराईले पनि वैवाहिक अंगीकृत नागरिकता ७ वर्षमा दिनेगरी राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णयलाई मान्यता दिनुपर्ने बताइन्। उनले भनिन्, 'यही विषयमा विवाद भएर नागरिकता पाउनैपर्नेहरु समेत बञ्चित हुनुपर्‍यो। ७ वर्ष राख्नुपर्छ भन्ने प्रस्ताव संसदीय समितिले सुझावका रुपमा प्रस्तुत गर्‍यो। यो कुरा फेरि हटेको छ। वैवाहिक अंगीकृत नागरिककता सीमाविहीन हुन सक्दैन। महिला र पुरुषका अधिकारका रुपमा बहस नगरौं।'  

सांसद लालबाबु पण्डितले 'लुरुलुरु आयो, खुरुखुरु  नागरिकता पायो' हुन नहुने बताए। नागरिकतामा सीमा जरुरी भएको बताउँदै कांग्रेसले सत्तामा पुग्नैवित्तिकै रङ बदलेको उनले आरोप लगाए। यसरी नागरिकता दिने कुरामा लबिङ गर्नेहरुमा देशप्रेम नरहेको उनको आरोप थियो। 

अर्का सांसद गोकुल बास्कोटाले विश्वकै ४० प्रतिशत जनसंख्या भएका देशको बीचमा रहेको नेपालले यसबारे सोच्नुपर्ने उल्लेख गरे। उनले भने,  'ती देशमा अशान्ति, विग्रह र कुनै पनि कुराले नेपाल प्रभावित हुन्छ। यस्ता लुज प्रावधान राखे भोलि के हुन्छ? फिजीको राष्ट्रपति महेन्द्र चौधरी भए जस्तो नहोस्। ' 

यसैगरी सांसद गंगा चौधरी सत्गौवाले 'अर्कैलाई खुशी पार्न' यो व्यवस्था गरिएको भन्दै विवाह गरेर आउने वित्तिकै नागरिकता दिन नसकिने बताइन्। उनको प्रश्न छ,  'कसलाई खुसी पार्न र कसको कुर्सीका लागि यो व्यवस्था गरियो?' 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी सांसद खगराज अधिकारीले नागरिकताको विषय गम्भीरताका साथ हेर्नुपर्ने बताउँदै देशको सार्वभौमितका विषयमा आवेग उत्तेजनामा आएर नहुने बताए। 'आवागमन त सहज छ भन्दै दक्षिणको कुरा मात्र नभएर बंगालादेशमा के छ ? भारतमा के छ ? सार्क मुलुकमा के छ? अमेरिकामा के छ? हामीले तुलनात्मक अध्ययन गरेर नै संविधान निर्माण गरेका हौं,' उनले भने।  सरकारले फिजीको अनुभवबाट सिक्नुपर्ने बताए। 

यसैगरी सांसद विनाकुमारी श्रेष्ठले वैवाहिकक अंगीकृतको सीमा ७ वर्ष राखेर त्यसअघिका लागि राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्नुपर्ने बताइन्। 

यसैगरी सांसद झपट रावलले यो प्रावधानका विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा चर्का कुरा गर्ने सांसद नै अहिले चुपचाप बसेको भन्दै रोष प्रकट गरे। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रा सांसद्‍तर्फ लक्षित गर्दै उनले भने,  'यो प्रावधानले गठबन्धन जोगिएला।  सरकार जोगिएला तर देश र जनताले धिकार्नेछ।'

एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता हुन नसक्ने बताउँदै उनले बुहारीका बारेमा सोच्दा विवाह गरेर जाने छोरीका बारेमा पनि सोच्नुपर्ने बताए। उनले सार्क देशका विभिन्न उदाहरण प्रस्तुत गर्दै गम्भीर राष्ट्रघात भइरहेको आरोप लगाए। 

यसैगरी सत्तारुढ दल एकीकृत समाजवादीकै सांसद लक्ष्मीकुमारी चौधरीले पनि ७ वर्षे प्रावधानको पक्ष लिइन्। संशोधन समेत राखेकी उनले राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे निकै छलफल गरेर मात्रै निचोडमा पुगेको बताइन्। उनले भनिन्,  'आज विवाह गरेर आउने, भोलि नागरिकता पाउने र अर्को दिन सांसद बन्न सक्ने अवस्था आएको छ।'

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ?
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो?
सम्बन्धित सामग्री
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको... बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन सुरुङमा फसेकाहरूको उद्धारमा खटिएका रास्वपाको सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता गणेश परा... बिहीबार, भदौ १८, २०८३
सामाजिक सञ्जालमा सरकारले सबै गरिसक्यौं भनेको छ तर अझै पाँचवटा टनेलभित्र उद्धार भएको छैन : सांसद शाही बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सातवटा टनेलमध्ये दुईवटामा मात्रै उद्धार भएको र बाँकी पाँचवटा टनेलमा उद्धार हुन बाँ... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो? बिहीबार, भदौ १८, २०८३
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्