काठमाडौं– प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, माथि छलफल भइरहेको छ।
गृहमन्त्री बालकृष्ण खाणले बैठकमा विधेयकमाथि सदनमा छलफल गरियोस् भन्दै प्रस्ताव पेस गरेका थिए।
प्रतिनिधि सभाका अन्य कार्यसूचीलाई हटाएर शुक्रबारका लागि नागरिकता विधेयक माथिको छलफल गर्ने कार्यसूची राखिएको हो। शुक्रबारकै बैठकमा विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ।
यस्तै, शुक्रबार नै विधेयक पारित गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची समेत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।