काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले नागरिकता ऐन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै 'छलफल हो कि छल हो' भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलमा भाग लिँदै रावलले राष्ट्रघाती कदम चाल्न खोजिएको भन्दै आपत्ति जनाए।
रावलले कवितामार्फत् आफ्ना कुरा यसरी राखे:
छलफल हो कि छल मात्रै हो यो हतारो किन हो
खोलेर आँखा देशहितका लागि राम्री सुन यो
के तिमी सधैं सत्मा हुन्छौं देशभन्दा आयु छ
संवेदनाहीन बुझ्दैन किन स्वधीनता दाउँमा छ
रावलले विधेयकमा ६ वटा संशोधन प्रस्ताव राखेका छन्। उनले स्वतन्त्र, स्वधीन र सार्वभौम देशले नागरिकताका विषयमा सोच्ने बताए। उनले भने, ‘अमेरिकाले अमेरिका फस्ट, भारतले भारत महान भन्छ।’
कोही सधैं सत्तामा नहुने बताउँदै रावलले यसबारे गम्भीर रुपमा सोच्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।