काठमाडौं– नेकपा एमालेका सांसद एवम् पूर्वगृहमन्त्री खगराज अधिकारीले नेपाली पुरुषसँग विवाह गर्ने महिलाले विवाहको ७ वर्षपछि मात्रै नागरिकताको पूर्ण अधिकार पाउने गरी व्यवस्था गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ मा संशोधन प्रस्ताव पेस गर्दै सांसद अधिकारीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै नागरिकताको पूर्ण अधिकार पाउने व्यवस्था गर्नुपर्ने बताएका हुन्।
सरकारले संविधानको मूल मर्मभन्दा बाहिर गएर अहिले नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक ल्याएको टिप्पणी गर्दै सांसद अधिकारीले संवेदनशील विषयमा दलहरुबीच सहमति कायम राखेर जान नसके २ वर्षपछि फेरि अर्को संशोधन प्रस्ताव आउने बताए।
यसअघि अघिल्लो सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा झन्डै ३ वर्ष छलफल गरेर निष्कर्ष निकालिएको भएपनि अहिले सत्ताका लागि ति कुराहरु विर्सन नमिल्ने सांसद अधिकारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।