काठमाडौं– राप्रपा नेपालका जनवर्गिय संगठनहरुले विभिन्न माग राख्दै संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन्।
प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतिघर मण्डलाबाट जुलुस निकालिएको छ।

प्रदर्शनमा जनवर्गिय संगठनका नेता, कार्यकर्तासँगै पार्टीका नेताहरुकोसमेत सहभागिता रहेको छ। माइतिघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ।
युवा, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्व प्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठन लगायतका जनवर्गिय संगठनहरुको प्रदर्शनमा सहभागिता छ।

राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए।
उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइने बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।