काठमाडौं– स्याकार ट्रेडिङ कम्पनी प्रालि (एसटीसी) लाई टाटा ग्रीन ब्याट्रिजको टू व्हीलर्स ब्याट्रिजको (होण्डा मोटरसाइकल तथा स्कुटर), को आधिकारिक वितरकको रूपमा नियुक्ति गरिएको छ। एसटीसी नेपालको लागि होण्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक हो।
टाटा अटो कम्पनी ब्याट्रिज प्रालिले टाटा ग्रीन ब्याट्रिजको उत्पादन गर्छ। जो भारतको प्रमुख अटोमोटिभ र टु डब्लु ब्याट्री उत्पादकमध्ये एकमा पर्छ।
सोही अवसरमा टाटा ग्रीन ब्याट्रिजका सिईओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्री, टु व्हीलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरुमध्ये एकमा पर्ने बताए।
जसले प्रमुख ओइएमएसमा आपूर्ति गर्दछ। 'नेपालमा एक प्रचलित नाम, एसटीसीसँग संलग्न भएर सफलताको गाथा नेपालमा पनि दोहोर्याउन चाहन्छौँ', उनले भने, 'यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ।'
एसटीसीका अध्यक्ष सौरभ ज्योतिले व्यवसायको दुनियाँमा टाटा एउटा प्रमुख ब्रान्डभएको र त्यसैले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु एसटीसीको इतिहासमा एउटा नयाँ चरम पुग्नु सरि हुने बताए।
टाटा ग्रीन ब्याट्रिज, टाटा अटोकम्पनी सिस्टमस् र जिएस योसा कर्पोरेसन, जापानको ५०:५० जोइन्ट भेन्चर रहेको छ। हाउस अफ टाटाको टाटा अटो कम्पनीले विश्वका प्रख्यात ओइएमएसहरूलाई थुप्रै पार्ट पुर्जा बिक्री गर्दछ।
एसटीसी ज्योति ग्रुपसँग सम्बन्धित छ। जसको नेपालमा ठूलो व्यवसाय छ। ५५ वर्ष देखि नेपालमा होण्डा टू व्हीलर्स, फोर व्हीलर्स, जेनसेट, पावर प्रोडक्टस् र अन्य प्रोडक्टस्को एक मात्र वितरकको रुपमा काम गरिरहेका छन्।
आजको दिनमा अध्यक्ष पद्मा ज्योति, डाइरेक्टर सौरभ ज्योति र डाइरेक्टर सुरिद ज्योतिको नेतृत्वमा ज्योति ग्रुपले विविध प्रोडक्टस् र सेवाहरु अफर गरिरहेको छ। २० लाख भन्दा बढी ग्राहक र २०० भन्दा बढी डिलर्स, १०० भन्दा बढी ठाउँसम्म पहुँच रहेको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।