काठमाडौं– आज शुक्रबार संघीय संसद् अन्तर्गतका तीन समितिको बैठक बस्दैछ। राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको हो।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बजे समितको सभा कक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिंचाई आयोजना र विद्युत प्रशारण आयोजनाको हालको कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय र सम्बन्धित आयोजनाहरुसँग छलफल गरिने कार्यतालिका छ।
यस्तै, विकास तथा प्रविधि समितिको बैठक पनि बिहान ११ बजे समितिको सभा कक्षमा बस्नेछ। बैठकमा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्डका सम्बन्धमा छलफल हुनेछ।
यसैगरी, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य बीमामा देखिएका समस्या, गंगालाल अस्पताल बाँसबारीमा मुटुका बिरामीको उपचारका सम्बन्धमा, कोभिड १९ को संक्रमण दर बढेको, गेटा मेडिकल कलेज कैलालीको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदनका लगायतका विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।