काठमाडौं–डा अरनिको पाँडेले आगामी चुनावमा ललितपुर–३ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्। बिहीबार आफ्नो उम्मेदवारी घोषणा गर्दै उम्मेदवारी दिनुको कारणबारे पनि सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
आफ्नो उम्मेदवारी घोषणा गर्दै आफ्नो दक्षता र अनुभवले देशको सेवा गर्ने जनाएका छन्। पाँडेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःख बारे चिन्तित् हुँदै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने र नेतृत्व लिनुपर्ने देखेर उम्मेदवारी दिएको बताएका छन्।
उनले जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश विदेशमा अनुभव हासिल गरिसकेका छन्।
स्वच्छ वातावरणमा जिउन पाउने संवैधानिक हक सुरक्षित गर्न, सफा हावा र स्वच्छ वातावरण बनाउन वैज्ञानिक दक्षता र नीतिगत अनुभवको आवश्यकता भएकाले आफूले उम्मेदवारी दिएको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।