काठमाडौं- सिभिल बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ। बैंकले मुद्दती योजना सहितका जीवन बीमा र दुर्घटना बीमामा दोब्बर प्लस र तेब्बर प्लस योजना सार्वजनिक गरेको हो।
उक्त मुद्दती योजनामार्फत बैंकले १० लाख रुपैयाँसम्मको जीवन बीमा सुबिधाका साथै १० लाख रुपैयाँको दुर्घटना बीमा सुबिधा पनि प्रदान गर्ने बताइएको छ। बीमा योजना रिलायन्स लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको छ।
यी मुद्दती योजनाहरुअन्तर्गत ग्राहकले दोब्बर वा तेब्बर रकम एकमुष्ट रूपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्। ६ वर्ष ३ महिना २४ दिनमा ग्राहकले जम्मा गरेको मौज्दात रकमको दोब्बर भुक्तानी र १० वर्ष २ दिनमा जम्मा गरेको मौज्दात रकमको तेब्बर भुक्तानी एकमुष्ट प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी मुद्दती अवधिको बीचमा कुनै कारणवस रकम आवश्यक भएमा संचित रकमको ९० प्रतिशतसम्म ऋण सुविधाबिना कुनै झन्झट उपलब्ध गराइने बताइएको छ।
बैंकले बचतमा ८.०३ प्रतिशतसम्म र व्यक्तिगत मुद्दती निक्षेपमा १२.०३ प्रतिशतसम्मको ब्याजदर पनि प्रदान गर्दै आएको पनि जानकारी दिएको छ। हाल बैंकले ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र ९९ एटीएममार्फत सेवा दिँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।