काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ। रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको रेटिङ्ग प्रदान गरेको हो।
कम्पनीले आफ्ना लगानीकर्ता तथा हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमहरूलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि पार्ने जारी विज्ञप्तिमा उल्लेख छ।
आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने कुरामा प्रतिबद्ध रहेको जानकारी दिएको छ। कम्पनीले हाल १४० वटा शाखा कार्यिलयबाट बिमितहरूलाई सेवा दिँदै आएको छ। साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू आबद्घ रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।