काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता एवम् सांसद झलनाथ खनालले एसपीपी सम्झौताबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले सदन र मन्त्रिपरिषद्बाट नै एसपीपी लिन्नौं भन्ने निर्णयबारे पत्र लेख्ने भन्ने कुरा कसले र किन रोक्यो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
नेपालको मन्त्रिपरिषद् भन्दा बाहिर कार्यकारी अधिकार कता छ? भन्दै खनालले प्रश्न गरेका छन्। कार्यकारी अधिकार भएको मन्त्रिपरिषद्ले भनिसकेपछि फेरि पनि अरु कसले रोक्न सक्छ? भन्दै सरकारसँग नेता खनालले जवाफ मागेका छन्।
‘के कारणले रोकिँदैछ? गम्भीरता पूर्वक प्रश्न उठाउन चाहान्छु’, उनले भने । उनले उक्त कुरा गम्भीरताका साथ लिँदै चाँडोभन्दा चाँडो समाधान गर्न सरकारको ध्यानाकर्षण गरे।
उनले युक्रेन–रुस युद्धले गर्दा नेपालमा संकट उत्पन्न भएको र उक्त विषयमा संसद्मा उठेका प्रश्नको सम्बोधन हुनुपर्ने बताए ।
नेपालमा उत्पादित चियाका विषयमा यसपटक नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन्।
संसारभरी सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया भएको बताउँदै सरकारले आफ्नै देशमा उत्पादित चियालाई प्रवर्द्धन गर्ने कार्यक्रम समेट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।