काठमाडौं– नेकपा एमालेका उपमहाचिव तथा सांसद प्रदीपकुमार ज्ञावालीले दैनिक उपभोग्य वस्तुमा महंगी बढेकोप्रति सरकारले कुनै ध्यान नराखेको भन्दै खेद प्रकट गरेका छन्। महंगी बढेको विषयमा यो सरकार संवेदहीन रहेको पनि ज्ञवालीले आरोप लगाए।
प्रतिनिधि सभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले महंगीले जनताको ढाड सेकाउँदा पनि सरकार मौन बसेकोमा सरकार हुनु र नहुनुमा केही अर्थ नरेहको बताए।
‘संविधानले उपभोक्तको हितको ग्यारेण्टी गरेको छ। यदि गुण्स्तरीय भएन भने क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ,’ ज्ञावालीले भने, ‘खाद्य वस्तु, तेल, दाल, चामलको मूल्य बढेको छ। अघिल्लो वर्षका आधारमा खाद्यबस्तुमा ४० प्रतिशत मूल्य बढेको छ। यस्तो अवस्थामा सरकारले कुनै ध्यान राखेको छैन।’
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेर आउँदा पनि नेपालमा नघटाइएको भन्दै ज्ञवालीले सरकारको ध्यानाआकर्षण गराए।
‘अघिल्लो हप्ता भारतले तेलमा मूल्य घटाएर सूची पठायो, तर एक हप्ता सम्ममा पनि तेलको मूल्य घटाएको छैन। यदि बढाउँथ्यो भने भण्डारणको सहित मूल्य बढाउँथ्यो,’ ज्ञावाली भने, ‘आम सर्वसाधरण कसरी बाँचेका छन् भन्ने कुरामा सरकारको ध्यान पटक्कै छैन।’
ज्ञावालीले अघिल्लो वर्षभन्दा अहिले मुद्रास्फीति करिब १० प्रतिशतले बढेकोले यस्ता विषयमा सरकारको कुनै पनि चासो चिन्ता नरहेको भन्दै यो सरकार तमासे पनि हुन नसकेको टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।